शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दियाको बाँसगढीमा एभरेष्ट बैंकको नयाँ शाखा विस्तार

बुधबार, ०५ वैशाख २०७५, १७ : ३२
बुधबार, ०५ वैशाख २०७५

बर्दिया– एभरेष्ट बैंकले बर्दियाको बाँसगढीमा नयाँ शाखा बिस्तार गरेको छ ।  बुधबार बाँसगढी नगरपालिकाका मेयर शालिकाराम अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर श्रेष्ठले संयुक्त रुपमा सो शाखाको उद्घाट गरेका हुन् ।

शाखा उद्घाटन कार्यक्रममा बाँसगढी नगरपालिकाका उपमेयर सुष्मा चौधरी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल, इलाका प्रशासन कार्यालयका प्रमुख महेन्द्रजंग शाही तथा अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।   

हालै भएको CAMELS Rating मा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप