बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुगुको अति दुर्गम गाउँमा नेपाल टेलिकमले सञ्चालनमा ल्यायो मोबाइल सेवा

बुधबार, ०५ वैशाख २०७५, १७ : २६
बुधबार, ०५ वैशाख २०७५

मुगु– नेपाल टेलिकमले मुगुको अति विकट गाउँ मुगुम कर्मारोङमा भिस्याट प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । चीनको सीमाना जोडिएको उक्त गाउँमा काठमाडौंको बलम्बुमा अवस्थित सगरमाथा अर्थ स्टेशनमार्फत भिस्याट प्रविधि लिंक गरी सेवा सञ्चालनमा ल्याएको हो ।

मुगुको तीन हजार मिटरको उचाईमा अवस्थित उक्त गाउँमा सदरमुकाम गमगढी र प्रसिद्ध रारातालदेखि ३ दिनसम्म पैदल हिडेर पुग्न सकिन्छ ।  उक्त क्षेत्रमा यसअघि कुनै पनि किसिमको दूरसञ्चार सेवा नपुगेको टेलिकले जनाएको छ । 

यसअघि सो क्षेत्रका स्थानीय वासिन्दाहरु करिब ३ घण्टा हिडेर मोबाइल सेवा उपभोग गर्न बाध्य थिए । नेपाल टेलिकमले यो सेवा सुरु गरेसँगै त्यस स्थानका करिब २ सय घरधुरीका बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुने जनाइएको छ । उनीहरुले जीएसएम मोबाइलमार्फत सहजै अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सक्ने टेलिकमले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप