शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इलियाना विवाहअघि नै गर्भवति ?

बुधबार, ०५ वैशाख २०७५, १७ : १५
बुधबार, ०५ वैशाख २०७५

मुम्बई । वलिउड नायिका इलियाना डिक्रुज यतिबेला गर्भवति भएको खबर छ । भारतीय मिडियाका अनुसार उनले पहिलो सन्तानको आशा गरिरहेकी छिन् ।

जहिले पनि लाइमलाइटमा टाढै रहन रुचाउने इलियानाले बीचमा आफ्नो प्रेमी एन्ड्रयु नीबोनसँग गुपचुप विवाह गरेको खबर पनि आएको थियो । तर, उनले सार्वजनिक रुपमा कहिले पनि यो कुरा स्वीकार गरेकी छैनन् ।

त्यस्तै, गर्भवती भएको खबर बारे पनि उनले केही बोलेकी छैनन् ।

डिसेम्बर २०१७ मा इलियानाले सामाजिक सञ्जालमा आफ्नो क्रिसमश सेलिब्रेसनको एक फोटो शेयर गरेकी थिइन् । 

उक्त फोटोको क्यापसनमा उनले एन्ड्रयुलाई प्रेमीको साटो पति भनेर सम्बोधन गरेकी थिइन् । त्यहीँबाट उनले विवाह गरेको खबर बाहिरिएको थियो ।

फोटो सेयर गरेपछि उनले एक अन्तर्वार्ता भनेकी थिइन्, ‘त्यो क्यापसन त्यही हो जुन तपाईंले पढ्नुभयो । मेरो प्रेम सम्बन्धको बारेको कुरा व्यक्तिगत हो । म यसलाई लुकाउन पनि चाहन्न, बताउन पनि चाहन्न ।’

दुवैले अस्ट्रेलियामा गुपचुप विवाह गरेको बताइन्छ ।

एन्ड्रयु नीबाने अस्ट्रेलियन फोटोग्राफर हुन् । दुवैको प्रेम सम्बन्ध कसैसँग लुकेको छैन । केही वर्ष अघि एउटा कार्यक्रममा एक अवार्ड कार्यक्रममा सँगै देखिएपछि दुवैको खुबै चर्चा भएको थियो ।

पछिल्लो चार वर्षदेखि दुवै जना एक अर्कालाई डेट गरिरहेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप