बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानमा दोहोरो गोली हानाहान, दश जनाको मृत्यु

बुधबार, ०५ वैशाख २०७५, १६ : ०८
बुधबार, ०५ वैशाख २०७५

एजेन्सी– अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अवस्थित एक प्रहरी जाँचचौकीमा शुरु भएको दोहोरो गोली हानाहानमा परी १० व्यक्तिको मृत्यु भएको छ । 

मृत्यु हुनेमा आठ तालिबान आतङ्ककारी र दुई सुरक्षा अधिकारी रहेका छन् । उत्तरी क्षेत्रमा रहेको अफगान सुरक्षा प्रवक्ताले बुधबार सो जानकारी दिएका छन् । 

सिरिन तगाब जिल्लाको शास तेवा क्षेत्रमा रहेको सुरक्षा जाँचचौकीमा मंगलबार अबेर रातिआएका तालिवान आतङ्ककारी समूहले आक्रमण शु्रु गरेका थिए । आक्रमणपछि तालिबान र सुरक्षा अधिकारीबीच दोहोरो गोली हानाहान भएको जनाइएको छ । 

तीन घण्टासम्म जारी रहेको यस दोहोरो गोली हानाहानमा परी आठ आतङ्ककारीको मृत्यु हुनाका साथै अन्य छजना घाइते भएका छन् । 

दोहोरो गोली हानाहानका क्रममा दुई सुुरक्षा अधिकारीले ज्यान गुमाएका छन् भने अन्य दुईजना सामान्य घाइते छन् । 

तालिबान आतङ्ककारी समूहले यस विषयमा केही टिप्पणी गरेका छैनन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप