बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा विवाहको गाडी दुर्घटना हुँदा २१ जनाको मृत्यु, १२ घाइते

बुधबार, ०५ वैशाख २०७५, १५ : ३४
बुधबार, ०५ वैशाख २०७५

एजेन्सी– वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । 

मिनी ट्रकमध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । 

मध्य प्रदेशको राजधानी भूपालदेखि ५७३ किलोमिटर टाढा पर्ने सिद्धि जिल्लामा रहेको सोने नदीमा मंगलबार राति मिनीट्रक खसेको हो । 

गएराति भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्, एक अधिकारीले भने । 

घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरेर उपचार गरिएको छ, घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरुले बताएका छन् । 

सरकारी अधिकारीहरुले उद्धार कार्य सम्पन्न भएको जनाएका छन् । मध्ये प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई राहत रकमको समेत घोषणा गरे । 

दुर्घटनाका बारेमा थप अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न पनि मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् । 

भारतमा यस्ता दुर्घटनाका घटना धेरै हुने गरेको र दुर्घटनाका कारण सयौँको मृत्यु हुने गरेको छ । भारत अत्यधिक मात्रामा सवारी दुर्घटना हुने देशहरुमध्येमा अग्रस्थानमा पर्छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप