शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

३ सय २८ स्थानीय तहको नतिजा सार्वजनिक (सूचिसहित)

शुक्रबार, २३ असार २०७४, २२ : ५५
शुक्रबार, २३ असार २०७४

काठमाडौं– स्थानीय तहको दोस्रो चरणमा भएको निर्वाचनको परिणाम अन्तिम अवस्थामा आइपुगेको छ ।

असार १४ गते ३५ जिल्लाको ३ सय ३४ स्थानीय तहको निर्वाचन भएको थियो । अहिलेसम्म ३ सय २८ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । 

एमालेले चार उपमहानगर र ५१ नगरपालिकासहित १ सय ४८ स्थानीय तहमा प्रमुखसहितको जित हासिल गरेको छ । नेपाली कांग्रेसले ४७ नगरपालिकासहित १ सय १९ स्थानीय तह जितेको छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ९ नगरपालिकासहित ३८ स्थानीय तहमा जित हासिल गरेको छ । 

यस्तै, संघीय समाजवादी फोरमले ८ स्थानीय तह जित्दा नेपाल लोकतान्त्रिक फोरमले ६ स्थानमा विजयी भएको छ । 

यसैगरी राप्रपाले ४, राष्ट्रिय जनमोर्चाले २ र स्वतन्त्र ३ स्थानीय तहको प्रमुखसहित जित हात पारेका छन् । 

कुन ठाउँमा को विजयी पूरा विवरण हेर्नुहोस् :


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप