शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मनोज पुनका पार्टनरहरु : नेतादेखि व्यवसायीसम्म

बुधबार, ०५ वैशाख २०७५, १५ : ०६
बुधबार, ०५ वैशाख २०७५

तेजेन्द्र के सी.
 
बुटवल । रुपन्देहीको देवदहमा प्रहरी इन्काउन्टरमा मारिएको भनिएका मनोज पुनका सहयोगीहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मनोज पुनलाई सहयोग गर्नेदेखि सुपारी दिने पाँच जनालाई पक्राउ गरी आज बुटवलमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । 

उनीहरुमाथि पुनलाई हत्या तथा चन्दा असुलीमा सुराकी दिने र नेताहरु नजिक देखाई अपराधमा प्रोत्साहन गर्ने गरेको आरोप छ । 

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा ७ शिवनगर बस्ने उत्तम आचार्य, देवदह नगरपालिका वडा नम्बर–५ बस्ने तुल्सी  न्यौपाने, देवदह–४ बस्ने लेखनाथ न्यौपाने र देवदहकै रोशन खड्का रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार उनीहरुले मनोज पुनसँग निरन्तर रुपमा फोन सम्पर्कमा रहेर रुपन्देहीका उद्योगी व्यापरीहरुको विवरण उपलव्ध गराउने, आपराधिक कार्य घटाउन प्रोत्साहन गर्ने गरेका थिए ।

पक्राउ पर्ने लेखनाथ न्यौपाने माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने उत्तम आचार्य नेकपा एमालेका सक्रिय कार्यकर्ता हुन् । दुवै जना पुनसँग निरन्तर सम्पर्कमा रहेको पाइएको छ । 

प्रहरीले मनोज पुन र न्यौपाने बीच ईमोमा भएको कुराकानी  समेत पत्रकारलाई सुनाएको थियो । आचार्य मदन भण्डारी स्पोर्ट एकाडेमीमा सक्रिय छन् ।  

पार्टनरहको हत्या गर्न सुपारी

मोहिनी हाईजिङ्ग द प्रा.लि अध्यक्ष हरि प्रसाद श्रेष्ठले आफ्नो पार्टनर अर्जुन श्रेष्ठ र कम्पनीका व्यवस्थापक डिलाराम आर्चायको हत्या गर्नको लागि मनोज पुनको टिमलाइ सुपारी दिएको खुलेको छ । श्रेष्ठले हतयाका लागि २ लाख रुपैयाँ दिने सहमति गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

स्याङ्गजा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ४ घर भई बुटवल–४ बस्ने श्रेष्ठले  आफ्नो कम्पनीका  साझेदार  र व्यवस्थापक हत्याको गर्नको रकम दिएको अनुसन्धानबाट खुलेकोले पक्राउ गरिएको प्रहरी प्रमुख ज्ञवालीले बताए । 

    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप