बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी ३ चर्चित अभिनेत्रीसँग अक्षयको जुरेन रोमान्स

बुधबार, ०५ वैशाख २०७५, १४ : ५३
बुधबार, ०५ वैशाख २०७५

मुम्बई – बलिउड अभिनेता अक्षय कुमार खेलाडीको नामले परिचित छन् । किनभने अभिनय दौरानमा उनले खेलाडी सिरिजका कयौं हिट चलचित्र दिएका छन् ।

बलिउड चलचित्र अभिनयमा एउटा लामो गन्तब्य तय गरेका अक्षयले कयौं अभिनेत्रीसँग फिल्मी रोमान्स गरेका छन् । अभिनयको यो लामो यात्रामा अक्षयले अझै बलिउडका ति तीन अभिनेत्रीसँग रोमान्स गर्न पाएका छैनन् । जसको चर्चा अहिले गर्न खोजिएको छ । 

कंगना राणवत
कंगना बलिउडकी लोकप्रिय तथा प्रतिभाशाली अभिनेत्री हुन् । आफ्नो मिहेनत र लगनले उनले बलिउडमा अलगै पहिचान बनाएकी छन् । मुख्य अभिनेत्रीको रुपमा उनले बलिउिडमा केही सुपरहिट चलचित्र समेत दिएकी छन् । अभिनयको यो यात्रामा यात्रामा उनले अक्षयकुमारसँग भने रोमान्स गर्न पाएकी छैनन् । 
 

रानी मुखर्जी 
बलिउडकी चर्चित अभिनेत्री रानी मुखर्जीले अभिनयमा करिब २० बर्ष बिताएकी छन् । अभिनयको दौरानमा उनले कयौ अभिनेतासँग स्क्रिन शेयर गरेकी छन् । तर अभिनेता अक्षयका साथ उनको कुनै पनि चलचित्र आएको छैन । 
 

काजोल 
९०को दशककी सबैभन्दा बढी लोकप्रिय अभिनेत्री हुन् काजोल । तर काजोलका साथ पनि अक्षयको कुनै पनि चलचित्र आएको छैन । यी दुबैको रोमान्समा केही चलचित्र निर्माण सुरु भएको त थियो । तर बिभिन्न कारणले पुरा हुन सकेन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप