बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व बैंकको नेपाल प्रक्षेपण : आर्थिक बृद्धिदर घट्ने

बुधबार, ०५ वैशाख २०७५, १४ : २६
बुधबार, ०५ वैशाख २०७५

काठमाडौं–विश्व बैंकले नेपालको आर्थिक बृद्धिदर चालू आर्थिक वर्षमा ४ दशमलव ६ प्रतिशत मात्रै हुुने प्रक्षेपण गरेको छ । 

विश्व बैंकले बुधबार ‘नेपाल डेभलप्मेन्ट अपडेट’ सार्वजनिक गर्दै नेपालको चालू आर्थिक वर्षको आर्थिक बृद्धिदर ४ दशमलव ६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको हो ।

रेमिटयान्सको घट्दो दर, बढ्दो ब्याजदर र निर्यात व्यापारमा सुधार नआएका कारण नेपालको आर्थिक बृद्धिदर अघिल्लो वर्षभन्दा कम हुने देखिएको बैंकका नेपाल अर्थशास्त्री सुद्युम्न दाहालले जानकारी दिए । 

बैंकले गरेको यो प्रक्षेपण नेपाल सरकारले गरेको भन्दा १ दशमलव ४ प्रतिशत कम हो । यसअघि एशियाली विकास बैंक र अन्तराष्ट्रिय मुद्रा कोषले पनि नेपालको आर्थिक वृद्धिदर सरकारको अनुमान भन्दा कम हुने प्रक्षेपण गरेको थियो ।

बैंकले सरकारी खर्च बढदै गएकोमा पनि चिन्ता व्यक्त गरेको छ । बैठकका बरिष्ठ देशीय अर्थशास्त्री दामिर कोसिकले सरकारी खर्च बढदै जानु नेपालको अर्थतन्त्रका लागि सकारात्मक सूचक नभएको स्पष्ट पारे । 

यसैगरी बैंकले वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या घटदै जानु पनि आर्थिक वृद्धिदर कम हुने कारकको रुपमा औंल्याएको छ । यस वर्ष कृषि क्षेत्र, सेवा र उत्पादनमूलक क्षेत्रमा पनि गत वर्षभन्दा धेरै सुधार नदेखिएको पनि बैकको निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप