शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

झापाको मेचीनगरको मेयरमा काँग्रेस, उपमेयरमा एमाले विजयी

शुक्रबार, २३ असार २०७४, २२ : ३१
शुक्रबार, २३ असार २०७४

झापा– झापाको मेचीनगर नगरपालिकामा नेपाली काँग्रेसले मेयर जितेको छ भने उपमेयरमा एमाले विजयी भएको छ ।

तत्कालिन एमालेको गढ मानिएको झापाको मेचीनगरमा कांग्रेसले झण्डा गाडेको हो । झापाको पुरानो मेचीनगर नगरपालिकाको मेयरमा कांग्रेसका विमल आचार्य २० हजार ७ सय ७६ मत प्राप्त गरी विजयी भए । 

उपमेयरमा भने एमालेकी मीनाकुमारी उप्रेती विजयी भएकी छन् । उप्रेती १९ हजार ९ सय ९४ मत प्राप्त गरी विजयी भएकी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप