मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

साफ च्याम्पियनसिप फुटबलः नेपाल समुह ‘ए’ मा

बुधबार, ०५ वैशाख २०७५, १४ : ०८
बुधबार, ०५ वैशाख २०७५

काठमाडौँ– बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । 

बंगलादेशको ढाकामा आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ए मा परेको हो । नेपालको समूहमा आयोजक बंगलादेशसहित, पाकिस्तान र भुटान रहेका छन् । 

आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् । 

साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनल चरणमा पुग्न सकेको छैन । पछिल्लो संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । सन् २०१३ मा भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप