प्रधानमन्त्री ओली बने रुपाकुमारी र पवनको अभिभावक
काठमाडौं–प्रधानमन्त्री केपी ओलीले सिराहाका दुई बालबालिकालाई विद्यालय भर्ना गरेका छन् । मंगलबार सो जिल्लाको रामदुलारी मावि कल्यापुर पुगेर प्रधानमन्त्री ओलीले दलित बालबालिका रुपाकुमारी मण्डल(खत्वे) र पवन मल्लिक (डोम)लाई विद्यालय भर्ना गरेका हुन् ।

प्रधानमन्त्री ओलीले दुई बालबालिकालाई भर्ना गरेलगत्तै निरक्षरता उन्मुलनको यो अभियानमा सहभागी हुन सबैमा आग्रह गरेका छन् । आफ्नो ट्वीट अकाउन्टमा स्टाटस् लेख्दै प्रधानमन्त्री ओलीले निरक्षरता उन्मुलनमा आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन सबैमा अपिल गरेका हुन् । उनले भर्ना गरिएका दुई बालबालिकालाई काखी च्यापेको तस्विर समेत सार्वजनिक गरेका छन् ।
विद्यालय भर्ना गरेपछि सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताए । उनले भर्ना अभियानमा विद्यालय गएका विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
यस अघि वैशाख १ गते मुगुमा प्रधानमन्त्री ओलीले एक बालिकालाई विद्यालय भर्ना गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण