शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सबैभन्दा बढी नाफा कमाउन सफल विश्वका १० स्मार्टफोन

बुधबार, ०५ वैशाख २०७५, १३ : ३८
बुधबार, ०५ वैशाख २०७५

काठमाडौँ । हरेक महिना विभिन्न स्मार्टफोन फोन कम्पनीहरुले नयाँ–नयाँ मोडल बजारमा ल्याइरहेका हुन्छन् । ती मध्ये कतिपय उपभोक्ता माझ हिट हुन्छन् भने कोही फ्लप । 

के तपाईंलाई थाहा छ कुन मोडलको स्मार्टफोनले कम्पनीलाई सबैभन्दा बढी नाफा दिन सफल रह्यो ? काउन्टरप्वाइन्टले यस्ता शीर्ष १० स्मार्टफोनको सूची तयार गरेको छ । 

यी १० स्मार्टफोनले सन् २०१७ को चौँथो क्वाटरमा सबै स्मार्टफोनले कमाएको नाफाको ९० प्रतिशत हिस्सा ओगटेको थियो । यो सूचीमा एप्पलको वर्चश्व रहेको छ ।

१) एप्पल आइफोन एक्स

एप्पलको आइफोन एक्स विश्वको सबैभन्दा नाफामूलक स्मार्टफोनको सूचीमा पहिलो स्थानमा रहेको छ । स्मार्टफोन उद्योगले हासिल गरेको नाफाको ३५ प्रतिशत यो फोन एक्लैले ओगटेको काउन्टरप्वाइन्टको रिपोर्टमा उल्लेख छ । सबैभन्दा रोचक कुरा, यो मोडल सन् २०१७ को चौँथो क्वाटरमा मात्र दुई महिनामात्र बजारमा थियो ।

२) एप्पल आइफोन एट

यो सूचीको दोस्रो स्थानमा आइफोन ८ रहेको छ । यो स्मार्टफोनले १९.१ प्रतिशत नाफा कमायो । सन् २०१७ मा आइफोन ८, आइफोन ८ प्लस र आइफोन एक्ससँगै लञ्च भएको थियो ।

३) एप्पल आइफोन एट प्लस

तेस्रो स्थानमा रहेको आइफोन ८ प्लसले नाफाको १५.२ प्रतिशत हिस्सा ओगट्यो ।

४) एप्पल आइफोन सेभेन

यो स्थान पनि एप्पलले ओगटेको छ । सन् २०१७ मा लञ्च भएको आइफोन सेभेनले ६.२ प्रतिशत ओगट्यो ।

५) एप्पल आइफोन सेभेन प्लस

ठूलो स्क्रीन सहित आएको यो स्मार्टफोनले अझै प्रतिशत नाफाको हिस्सा हासिल गर्न सफल रह्यो ।

६) सामसुङ ग्यालेक्सी नोट एट

सामसुङ ग्यालेक्सी नोट एट यो सूचीमा एप्पल बाहेकको पहिलो स्मार्टफोन हो । यसको स्मार्टफोन बिक्रीबाट हासिल भएको नाफाको ३.९ हिस्सेदारी रहेको छ ।

७) एप्पल आइफोन सिक्स

सातौँ स्थानमा पुनः एप्पलकै अर्को फोन रहेको छ । सन् २०१४ मा लञ्च भएको यो फोनले १.८ प्रतिशत नाफामा आफ्नो हिस्सेदारी लियो ।

८) सामसुङ ग्यालेक्सी एस एट प्लस

यो सूचीको दोस्रो सामसुङ फोनले स्मार्टफोनको कूल नाफा मध्ये १.७ प्रतिशत हिस्सा लिन सफल भयो ।

९) एप्पल आइफोन सिक्स एस

सन् २०१५ मा लञ्च गरिएको यो फोनले १.६ प्रतिशत नाफा कमायो ।

१०) एप्पल आइफोन एसई

सानो स्क्रीन भएको एप्पलको यो स्मार्टफोन ०.९ प्रतिशत हिस्सेदारी सहित विश्वको सबैभन्दा बढी नाफा कमाउने स्मार्टफोनको सूचीमा दशौँ स्थानमा रहन सफल रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप