शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसकारण एकतामा ढिलाईः मन्त्री बस्नेत

बुधबार, ०५ वैशाख २०७५, १२ : ४९
बुधबार, ०५ वैशाख २०७५

जाजरकोट–वनमन्त्री शक्तिबहादुर बस्नेतले एक अर्काको आबश्यकता र सम्मानसहित एमाले र माओवादीवीच एकता हुने बताएका छन् ।
आज जाजरकोटमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले शीर्ष नेताहरु राजनीति र विधान मस्यौदा कार्यदलको प्रतिवेदन अध्ययनमा लागेकाले एकता केही दिन ढिला भएको बताए ।
मन्त्री बस्नेतले एमालेको शान्तिपूर्ण राजनीतिक धार र माओवादीको शसस्त्र संघर्षको धारबाट देशमा परिवर्तन आएकाले दुवै संघर्षका रुप जायज थिए भन्नेमा दुवै पार्टी पुगेको पनि बताए ।
मन्त्री बस्नेतले अहिलेको एकता दुई कम्युनिष्ट धारावीचको एकता भएको पनि स्पष्ट गरे ।
विगतमा एमाले र माओवादीमा विभिन्न पार्टीहरु एकतामा आएको भएपनि ती विलयका रुपमा आएको मन्त्री बस्नेतले बताए । अहिले एमाले र माओवादीवीच विलय नभई एकता हुन लागेको मन्त्री बस्नेतको भनाई थियो । 
मन्त्री बस्नेतले अहिलेको सरकार विगतमा जस्तो छोटो अवधी भएकाले सरकार दीर्धकालीन योजनासहितको काममा लागेको पनि बताए । सरकार पाँच बर्ष चल्ने भन्दै मन्त्री बस्नेतले सरकारको काम देखिने स्पष्ट गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप