यस्ता छन् यातायात व्यवसायीको चरणबद्ध आन्दोलनका कार्यक्रम
काठमाडौं–सरकारले सिन्डिकेट हटाउने निर्णय गरेसँगै यातायात व्यवसायीले अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
बुधबार यातायात व्यवसायीहरुले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैशाख २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणासहितको चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । सोअघि विभिन्न खालका दबाबकूलक आन्दोलनका कार्यक्रम तय गरिएको छ ।
घोषित आन्दोलनको कार्यक्रमअनुसार बैशाख ६ गते संयुक्त आन्दोलनको तयारी गर्ने, बैशाख ७ गते प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, बैशाख ८ गते सम्पूर्ण सार्वजनिक सवारी साधनहरुमा कालो झण्डा राख्ने, बैशाख ९ गते यातायातसँग सम्बन्धित प्रमुख दलका नेताहरुलाई ज्ञापन पत्र बुझाउने तय भएको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।
यस्तै बैशाख १० र ११ गते ७ ओटै प्रदेशमा कोणसभा गर्ने, बैशाख १२ र १३ गते गाडी गुडाउने समय फ्रि छाड्ने, बैशाख १४ र १५ गते सातै प्रदेशका सदरमुकाम र काठमाडौं उपत्यकामा सबै साधनहरु क्यु छाड्ने, बैशाख १६ गते यातायात कार्यालहरु घेराउ गर्ने कार्यक्रम तय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्याक्ष तथा आन्दोलन संयोजन समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिए ।
यस्तै बैशाख १६ गते सबै यातायात कार्यालय घेराउ गर्ने, बैशाख २१ गते गाडीलाई ग्यारेजमा थन्क्याउने, २२ गते संघर्षसमितिको बैठक बसेर थप निर्णय लिने तथा बैशाख २७ गतेबाट अर्को जानकारी नआएसम्म देशभरका सार्वजनिक सवारीका साधनहरु घर तथा ग्यारेजमा थन्क्याउने निर्णय भएको कर्माचार्यले जानकारी दिए ।
सरकारले सिन्डिकेट हटाएसँगै त्यसको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलिमय ढुवानी महासंघ, ढुवानी व्यवसायी महासंघ र नेपाल पेट्रोलिम डिलर राष्ट्रिय एसोशियनले संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेका हुन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण