बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनाको नाममा अर्को किर्तिमान

बुधबार, ०५ वैशाख २०७५, ११ : २७
बुधबार, ०५ वैशाख २०७५

बार्सिलोना । बार्सिलोनाले ला लिगाको इतिहासमा एउटा सिजनमा सबैभन्दा लामो अपराजित शुरुवात गरेको किर्तिमान बनाएको छ ।

मंगलबार सेल्टा भिगोसँग २–२ को बराबरी खेल्दै बार्सिलोनाले सो किर्तिमान बनाएको हो ।

शनिबारको कोपा डेलको फाइनललाई ध्यानमा राखेर बार्सिलोनाले शुरुवाती ११ मा ब्यापक परिवर्तन गरेको थियो ।

लियोनेल मेस्सी र लुइस सुवारेजले बेन्चबाट खेल शुरुवात गरे भने जेरार्ड पिके र आन्द्रेस इनियेस्टालाई आराम दिइएको थियो ।

तैपनि, बार्सिलोनाले ओसमान डेम्बेलेको गोलको मद्दतले मद्दतले अग्रता लियो । क्यास्ट्रो ओटोले सेल्टाका लागि गोल फर्काए पनि पाको अल्कासारले पुनः बार्सिलोनालाई अग्रता दिलाए ।

खेलको ७१ औँ मिनेटमा सर्जी रोबर्टोले रातो कार्ड खाएपछि इगायो आसपासले खेलको ८२ औँ मिनेटमा खेल बराबरी गरे ।

योसँगै बार्सिलोनाले सन् २०१७–१८ सिजनमा लिगमा आफ्नो अपराजित यात्रा ३३ खेल पुर्याएको छ ।

यसक्रममा अर्नेस्टो भालभार्डेको टोलीले २५ खेलमा जीत तथा ८ खेलमा बराबरी खेलेको छ ।

यसअघि सन् १९७९–८० सिजनमा रियल सोडिसाडले लगातार ३२ खेलमा अपराजित रहेको थियो ।

५ खेल बाँकी छँदा बार्सिलोना पूरा सिजन अपराजित रहँदै लिग उपाधि जित्ने पहिलो टोली बन्ने होडमा रहेको छ ।

पाँच खेलमध्ये आगामी मे ६ मा क्याम्प नाउमा हुने रियल म्याड्रिड बिरुद्धको क्लासिको बार्सिलोनाका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ ।

क्लासिकोको नतिजा जे आएपनि बार्सिलोना ला लिगा च्याम्पियन बन्ने लगभग निश्चित छ ।

मंगलबारको नतिजापछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडमाथि १२ अंकको अग्रता कायम राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप