बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीद्वारा  छोरीसहित ११ विद्यार्थीलाई गरे विद्यालय भर्ना

बुधबार, ०५ वैशाख २०७५, १० : ५२
बुधबार, ०५ वैशाख २०७५

टंक कुवर
धनगढी– सरकारी विद्यालयमा विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नी छोरी पुष्पा भट्टलाई सरकारी बिद्यालयमा भर्ना गरेका छन् ।
आज मुख्यमन्त्री भट्टले प्रदेश अस्थायी राजधानी धनगढीमा रहेको राष्ट्रिय माबिमा आफ्नी छोरीलाई कक्षा ८ मा भर्ना गरेका हुन् । यस अघि उनकी छोरी डोटीको केआईसिंह गाउँपालिका स्थित देवस्थली माबिमा अध्यनरत थिइन् । 
    बुधबार विहान कैलालीका प्रजिअ गोबिन्द रिजाल, धनगढी उपमहानगरपालिका प्रमुख नृप वड सहित बिद्यालय पुगेका मुख्यमन्त्री भट्टले आफ्नी छोरी सहित अन्य ११ जना वालवालिकालाई समेत सो बिद्यालयमा भर्ना गरे । 
भर्ना कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले सामुदायिक बिद्यालयको शिक्षा गुणस्तरिय बनाउन भर्ना अभियानमा सहयोग गरेको बताए । उनले भने–‘शिक्षक, कर्मचारी लगायत उच्च ओहोदाका ब्यक्तिहरु अनिवार्य रुपमा आफ्ना वालवालिकालाई सरकारी स्कुलमा भर्ना गर्नुहोस्, बिद्यालय प्रति चासो राख्नुहोस् अनिमात्र शिक्षाको गुणस्तरमा सुधार हुन्छ ।’ 
भट्टले प्रदेश सरकार बिद्यालयको गुणस्तर सुर्धान प्रतिबद्ध रहेको र यसमा सबैको सहयोग आवश्यक रहेको समेत उल्लेख गरे । 
 देशभरी बैशाख २ बाट शुरु गरिएको बिद्यालय भर्ना अभियान यस प्रदेशमा पनि जारी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप