शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिरिया संकटले किन खोस्यो अष्ट्रेलियाको चैन ?

बुधबार, ०५ वैशाख २०७५, १० : १०
बुधबार, ०५ वैशाख २०७५

सिरिया संकटमा अष्ट्रेलिया अमेरिकाको पक्षमा छ । सिरियामा बशर अल–असद र रुसको भूमिकामाथि अष्ट्रेलियाले विरोध गरिरहेको छ ।

यद्यपी, अमेरिका, फ्रान्स र बेलायतले सिरियामाथि आरोपित रासायनिक हमलाविरुद्ध मिसाइल फ्याँक्दा अष्ट्रेलिया अत्यधिक डराएको थियो ।

यदि सिरियालाई तहसनहस गरिदिने कुनै हमला भए अष्ट्रेलियामाथि ठूलो संकट आइलाग्ने बताइएको छ ।

अष्ट्रेलिया पूर्ण रुपमा उर्जा संकटमा फस्नेछ र त्यसको अर्थव्यवस्थामा पनि नकारात्मक असर पर्नेछ । शीतयुद्ध पश्चात् पहिलो पटक सिरियाको विषयमा रुस र पश्चिमी ताकतबिच युद्धको स्थिती निम्तिरहेको छ ।

द अष्ट्रेलियन पत्रिकाका अनुसार सिरिया यदि युद्धको मैदान बने अष्ट्रेलियामा ४३ दिनपछि तेल समाप्त हुनेछ ।

द अष्ट्रेलियनसँग  अवकाशप्राप्त वाईस–मार्शल जोन ब्ल्याकबर्नले सिरियामा कुनै पनि प्रकारको युद्ध भए अष्ट्रेलियाको ऊर्जा सुरक्षामा खतरा देखिने बताए । अष्ट्रेलिया तेलका लागि पूर्ण रुपमा मध्य–पूर्वमा निर्भर भएको पनि उनले बताए ।

ब्ल्याकबर्नले द अष्ट्रेलियनसँग भने, ‘हामीहरु परिवहन इन्धनको ९१ प्रतिशत हिस्सा सिरियाको बाटो ल्याउँछौं र अष्ट्रेलियामा कुनै सरकारी स्टोर छैन । हामीसँग कुनै ‘प्लान बी’ पनि छैन । जसका कारण सिरियामा युद्ध भए हाम्रो उद्योग र अर्थव्यवस्था ठप्प हुनेछ ।’

ब्ल्याकबर्नका अनुसार अष्ट्रेलियाको ऊर्जा नीतिको विषयमा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले पनि चेतावनी दिइसकेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले अष्ट्रेलियासँग ऊर्जा संकटको सामना गर्नका लागि कुनै ‘प्लान बी’ नभएको पनि बताएको छ । ब्ल्याकबर्नले दुई हप्ताभित्रै अष्ट्रेलियामा तेल संकटको असर देखिने बताएका छन् ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको सदस्य देशमा अष्ट्रेलिया त्यस्तो देशको जोसँग सुरक्षित तेल सबैभन्दा कम छ । सुरक्षित ऊर्जा कम्तीमा पनि ९० दिनसम्मका लागि हुनुपर्ने बताए पनि अष्ट्रेलियासँग ४१ दिनसम्मका लागि मात्र छ ।

गत महिनामात्र अष्ट्रेलियाको संसदीय समितिले राष्ट्रिय सुरक्षाका लागि यसलाई खतरायुक्त बताएको थियो । यहाँ सम्म कि अष्ट्रेलियामा नयाँ ऊर्जाको नीति माग गरिँदै छ ।

सामरिक विशेषज्ञका अनुसार सिरियामा युद्धको असर विश्वभरको आपूर्तीमा पर्नेछ ।

अष्ट्रेलियामा तेल खाडी मुलुकबाट चीन, जापान, कोरिया र सिंगापुरबाट रिफाइन भएर पुग्छ । सिरियामा युद्ध भए डिजेल र पेट्राmे दुई हप्तामा नै समाप्त हुने ब्लयाकबर्नको भनाई छ ।

बीबीसी हिन्दीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप