बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नाम मिल्दा 'निर्दोष' जेलमा

बुधबार, ०५ वैशाख २०७५, ०७ : ३९
बुधबार, ०५ वैशाख २०७५

बिर्तामोड - रक्तचन्दन तस्करीमा संलग्न अभियुक्तसँग नाम मिल्दा झापा मेचीनगरका एक व्यक्ति जेल परेका छन् ।

जिल्ला अदालतले सोमबार जेल सजायको फैसला सुनाएपछि मेचीनगर वडा नं ६ का ३५ वर्षीय श्याम थापा जेल चलान भएको उनको परिवारले जनाएको छ । 

थापा निर्दोष रहेको दावी परिवारजनले गरेका छन् । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ८ मा यो समाचार छ ।

समाचारका अनुसार अदालतले उनलाई ६ महिना कैद र २६ लाख ९९ हजार जरिवाना तोकेको छ ।

उनका दाजु केदारले रक्तचन्दन तस्करीबारे जानकारी नै नभएको व्यक्तिलाई हचुवाका भरमा पक्राउ गरी जेल पठाइएको गुनासो गरे ।

रक्तचन्दन तस्करीको घटनामा मेचीनगर १० निवासरी श्याम थापालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको थियो । 

केदारका अनुसार घटना हुँदा उनका भाइ वैदेशिक रोजगारीका लागि कतारमा थिए । 

विदेशबाट फर्किएपछि ट्याम्पो चलाएर जीविका चलाउँदै आएका उनलाई चैत ३० गते काँकडभिट्टा बजार क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो ।

रक्त चन्दन तस्करीमा संलग्न थापा भने वैदेशिक रोजगारीमा रहेको स्थानीयले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप