बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री ओलीका भाषण अब चिनियाँ भाषामा

मङ्गलबार, ०४ वैशाख २०७५, २० : ०७
मङ्गलबार, ०४ वैशाख २०७५

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले गरेका भाषणलाई चिनियाँ भाषामा प्रकाशित गरिएको छ । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा गरेका भाषणहरुको संगालोलाई चिनियाँ भाषामा प्रकाशित गरिएको हो ।
मंगलबार बेइजिङमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले  चिनियाँ भाषामा प्रकाशित प्रधानमन्त्री ओलीका भाषण समेटिएको पुस्तक बिमोचन गरेका छन् । नेपाली भाषामा प्रकाशित ‘म प्रधानमन्त्री हुँदा’ नामको पुस्तकलाई चीनको सन्छान विश्वविद्यालयकी प्रध्यापक ली ताओले अनुवाद गरेकी हुन् ।  

उक्त पुस्तकमा प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा गरेका ६० वटा भाषणहरु समेटिएका छन् । नेपाली भाषको पुस्तकको सम्पादन भने विष्णु रिमाल र शार्दुल भट्टराईले गरेका हुन् । पुस्तक चीनस्थित सिचुवान विश्वविद्यालयको साउग एसियन इन्स्टिच्युटको सहयोगमा प्यान्गोल इन्स्टिच्युटले प्रकाशित गरेको हो ।  विमोचनमा कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवाली, चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप