बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

मङ्गलबार, ०४ वैशाख २०७५, १८ : ५३
मङ्गलबार, ०४ वैशाख २०७५

नुवाकोट ।  देवीघाट–गल्छी सडक खण्डस्थित बेलकोटगढी नगरपालिका– ५ कोल्पुटरमा मिनीट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

आज साँझ भएको सो दुर्घटनामा गल्छी गाउपालिका–१ का ५० वर्षीय हरिप्रसाद खतिवडाको मृत्यु भएको हो । 

गल्छीबाट देवीघाट आइरहेको बा २ क ४००८ नंं को मिनीट्रकले विपरित दिशाबाट आइरहेको बा ८६ प ९५२० नंं को मोटरसाइकललाई ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए । 

मोटरसाइकल पछाडि बसेका गल्छी गाउपालिका–१ का ४७ वर्षीय नवराज ओझा दुर्घटनामा परी गम्भीर घाइते भएकाले उपचारका लागि उनलाई काठमाडौं पठाइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप