यस्तो बन्यो चलचित्र ‘बेबी आई लभ यू’ को नयाँ पोष्टर
काठमाडौं – लिची इन्टरटेन्मेन्ट प्रा।लि।को ब्यानरमा निर्माण भएको चलचित्र ‘बेबी आई लभ यू’ को नयाँ (दोस्रो) पोष्टर सार्वजनिक भएको छ । चलचित्र ‘बेबी आई लभ यू’ जेठ १८ गतेबाट देशभर प्रर्दशनमा आउनेछ ।
चलचित्रमा लिची इन्टरटेन्मेन्ट प्रा.लि.का प्रोपाइटर समेत रहेका शिव न्यौपानेको लगानी रहेको छ भने जनक पाण्डेको निर्देशनमा बनेको चलचित्रमा सह–निर्माता सिर्जना परियार र दुर्गा पाण्डे रहेका छन् ।
चलचित्र ‘बेवी आई लभ यू’फरक लभ स्टोरीमा बनेको चलचित्र रहेको निर्माता न्यौपानले जानकारी दिए । न्यौपानेका अनुसार चलचित्रमा सन्तोष खड्गी र पूजा तिवारी मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।
उनीहरुसँगै अभिनेता सरोज खनाल र कलाकार निर्मल शर्माको पनि मुख्य भूमिका छन् । त्यस्तै चलचित्रमा राजु कमेडी ‘रेन्बो’, रेशम श्रेष्ठ, अप्सन पन्थी, बिमल गिरी र किरण के। शर्मालगायत लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मको कथा र संगीत नायक खड्गीको आफ्नै हो । फिल्मको छायाँकन मुस्ताङ, पोखरा र राजधानीमा गरिएको छ । काटुञ्ज क्रु फिचरिङ फिल्ममा समावेश ‘कान्छी मायालु’ बोलको गीत सार्वजनिक भैसकेको छ । केही समयअघि राजधानीको युनियन हाउसमा पत्रकार सम्मेलन गर्दै पहिलो पोष्टर सार्वजनिक गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमपालले लिए यूएईको पहिलो विकेट
-
गण्डकीको संसद् बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय
-
वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट : कोशीमाथि बागमती प्रदेशको रोमाञ्चक जित
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी