बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराष्ट्रपतिको आदेशमा ८ वर्ष अपहरणमा परेकी  प्रसिद्ध कलाकारको निधन

मङ्गलबार, ०४ वैशाख २०७५, १८ : ३१
मङ्गलबार, ०४ वैशाख २०७५

सोल । दक्षिण कोरियाका एकजना प्रसिद्ध कलाकार चोइ इउन हाइको ९१ वर्षको उमेरमा निधन भएको खबर छ । 

दक्षिण कोरियाली यी कलाकारलाई शीतयुद्ध जारी रहेको समयमा सन् १९७८ मा उत्तर कोरियाले अपहरण गरेको थियो । 

उत्तर कोरियाका पूर्व नेता तथा राष्ट्रपति किम जोङ इलको आदेशमा उनलाई अपहरण गरिएको थियो । 

यसरी अपहरण गरी उनलाई बलजफ्ती रुपमा एक चलचित्रमा अभिनय पनि गर्न लगाइएको थियो । 

दशकौँसम्म दक्षिण कोरियामा प्रख्यात र लोकप्रीय रहेका कलाकार चोइलाई सन् १९७८ मा हङ्कङ्कमा रहेका बेला अपहरण गरिएको थियो । 

अपहरण गरेर उत्तर कोरिया पु¥याइएका कलाकार चोइले आठ दिनसम्म विरोधस्वरुप केही नखाई बसेका  पनि जनाइएको थियो । 

चोइलाई उत्तर कोरियामा आठवर्षसम्म अपरहरण गरी राखिएको र किम जोङ इलको आदेशमा उनलाई १० वटाभन्दा बढी चलचित्रमा अभिनय गर्न लगाइएको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप