शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोरिन्होको ‘अनावश्यक खेलाडी’को सूचीको पहिलो स्थानमा पोग्बा

मङ्गलबार, ०४ वैशाख २०७५, १७ : १२
मङ्गलबार, ०४ वैशाख २०७५

म्यान्चेस्टर । पाउल पोग्बाको ओल्ड ट्राफोडमा पुनरागमन म्यान्चेस्टर युनाइटेडको पुरानो सफलताको उचाईँ हासिल गर्ने उद्देश्यको उद्घोष हुनुपर्ने थियो ।

सित्तिमै क्लब छाडेका खेलाडीलाई ८.९ करोड पाउण्डमा पुनःअनुबन्ध गर्नुपर्ने लज्जाबोधलाई थाँती राखेर युनाइटेडको शीर्ष तहले क्लबले अझै पनि रियल म्याड्रिड जस्तो क्लबलाई पछि छाडेर विश्वकै महंगो खेलाडी अनुबन्ध गर्न सक्छ भनेर देखाउन चाहन्थ्यो ।

उनी नयाँ प्रशिक्षक जोसे मोरिन्होका लागि ‘वेलकम गिफ्ट’ थिए भने सर एलेक्स फर्गुसनको बिदाईपछिको औसत तीन वर्षपछि युनाइटेडका विपक्षीहरुकालाई एउटा सन्देश ।

सामाजिक सञ्जालमा ह्यासट्गाग पोग्ब्याक ट्रन्डिङ बन्यो भने उनको आगमनको बेला स्ट्रोमजीसँग एउटा र्याप भिडियो नै बनाइएको थियो ।

त्यसयताको २० महिनामा हामीले पोग्बाको रंगीन हेयर स्टाइल, अनौठो नृत्य, आभूषण र आफ्नै इमोजी देख्यौँ । यसमा कुनै सन्देह छैन, पोग्बासँग स्टाइल छ । तर, यो पनि सत्य हो, उनको त्यो चर्चालाई पुष्टि हुने कुरा बिरलै खेल मैदानमा देखियो ।

पोग्बा मोरिन्होका लागि उपहार भन्दा पनि विचलन बने, गोलकार प्वालका लागि वर्गकार बिर्को बने, जो टीमको अनुकुलताका लागि अनुशासित भएर खेल्ने म्यानेजरको मागलाई पूरा गर्न सक्दैन थिए ।

पहिलो सिजनमा ज्लाटान इब्राहिमोवीचसँगको नजिकपनको कारण उनले धेरै हदसम्म अपेक्षालाई पूरा गरे । यद्यपि, यो सिजन मोरिन्होको निराशा बढ्दो छ । अझ गत जनवरीमा टोटनहमविरुद्ध वेम्बलीमा हार बेहोर्ने क्रममा दुईबीच मैदानमा वादविवाद भएपछि त यो झन् चरम तहमा पुगेको अवस्थामा रहेको छ ।

त्यसपछि युनाइटेडले हप्ताको ६ लाख पाउण्ड तिर्ने गरी एलेक्सीस सान्चेजलाई आर्सनलबाट अनुबन्ध गर्ने कुरा कुनै संयोग थिएन ।

यसमा अहंकारले पनि धेरै कुरा बिगारेको छ तर पोग्बाको साइड शो – डान्स मुभ, रिहर्स गरिएको गोलको खुसियाली र सामाजिक सञ्जालको अत्याधिक प्रयोग, बाट मोरिन्हो मात्र वाक्क भएका भने होइनन् ।
गत डिसेम्बरमा एक दिन ट्रेनिङमा नआएपछि मोरिन्होले दुईवटा स्टाफलाई हेल बार्नस्मा रहेको पोग्बाको घरमा नै उठाउन जानुपरेको थियो ।

स्पर्समा भएको विवादपछि पोग्बाले खेलेका १२ खेलमध्ये ७ मा उनी कि त बेञ्चबाट आएका छन्, मैदानबाट निकालिएका छन् कि खेल्दै खेलेका छैनन् ।

आइतबार वेस्ट व्रोमविचविरुद्धको पराजयमा उनी खेलको बीचमा नै सब्सिटिच्युट गरिएका थिए । तर, सार्वजनिक रुपमा भने मोरिन्होले पोग्बा क्लबमा बेखुसी रहेको र आफ्नो भविष्यको बारेमा सोचिरहेको भन्ने कुरा ‘झुठो’ भएको बताएका थिए ।

भित्रीरुपमा भने मोरिन्होको नयाँ ४–३–३ फर्मेसनमा आफू देब्रोपट्टीबाट खेल्ने र थप स्वतन्त्रताको विषयमा दुई जनाबीच फेरि विवाद भएको थियो ।

त्यसको अर्को दिन पोग्बाले ‘गोप्य रोग’ कारण हडर्सफिल्डविरुद्धको खेल गुमाए । तर, आश्चर्यजनकरुपमा भोलिपल्टै ट्रेनिङमा उपस्थित भए । मोरिन्होले उनको स्थानमा २१ वर्षीय स्कट म्याकटोमिनेलाई नेमान्जा म्याटिचको पार्टनरको रुपमा प्रयोग गरे ।

शुरुमा पोग्बाले चोटका कारण सिजनको दुई महिना गुमाउँदा र आर्सनलविरुद्ध रातो कार्ड खाँदै तीन खेल गुमाउँदा मोरिन्होलेले उनको बचाउ गरेका थिए ।

तर, पछिल्लो समय भने मोरिन्हो पोग्बाको विषयमा कम कुटनीतिक देखिएका छन् । अझ फ्रान्सका प्रशिक्षक डिडिएर डेस्च्याम्पले पोग्बा युनाइटेडका खुसी नभएको खुलासा गरेपछि उनको रवैया नै फेरिएको छ ।

पोग्बाको फर्ममा आएको गिरावटबारे मोरिन्होलाई सोध्दा उनले भने, ‘उनैलाई सोध्नुहोला यसबारे के सोच्छन् ।’

म्यान्चेस्टर सिटीविरुद्ध म्यान अफ द म्याच पर्फमेन्स दिएपछि मोरिन्होले पोग्बालाई प्रशिक्षण र खेलमा अझ स्थिरता देखाउन आग्रह गरेका थिए । तर, वेस्टब्रोमविरुद्ध खराब खेलपछि उनी खेलको ५८ मिनेटमा नै मैदानबाट निकालिए भने मोरिन्होले उनलाई ‘जटिलताको गुरु’ को पगरी गुथाए ।

मोरिन्होले पोग्बालाई उनको पहेँलो कार्डका कारण मैदानबाट निकालेको बताए पनि त्यो मात्र बाहना थियो भन्ने कसैबाट लुकेको छैन । यस सिजनमा अन्य चार खेलमा पोग्बाले पहेँलो कार्ड पाउँदा पनि पूरै खेल खेलका थिए ।

शनिबार युनाइटेडले पुनः स्पर्सको सामना गर्ने तयारी गरिरहँदा मोरिन्हो र पोग्बाको सम्बन्ध फेरि चर्चाको विषय बनेको छ ।

के उनी बोर्नेमाउथ विरुद्ध बुधबार खेल्नेछन् ? के एफए कपको सेमिफाइनलमा खेल्न पाउनेछन् ?

सोमबार मात्र उनी मोरिन्होको ‘अनावश्यक खेलाडी’ को सूचीमा पहिलो स्थानमा रहेको खुलासा भएको थियो ।

तर, मोरिन्होले यस विषयमा युनाइटेडलाई कार्यकारी अध्यक्ष एड वुडवार्डबाट असहयोग हुन सक्छ । किनभने क्लबले अझै माइकल क्यारिक र मारुयेन फेलानीको स्थानमा मिडफिल्डर खोज्नै बाँकी छ ।

अर्को सिजन माटेयो डार्मियान, डेली ब्लाइन्ड, एन्थोनी मार्सियाल र लुक श क्लबबाट बाहिरिए कुनै आश्चर्य हुने छैन तर, पोग्बाको कुरा अर्कै छ ।

त्यत्रो तामझामसँग भित्र्याइएका पोग्बाको यति चाँडो यस्तो हालत हुनेछ भन्ने सायद कसैले कल्पना पनि गरेका थिएनन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप