बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओली मोदी क्याम्पमा फर्किसकेः गजुरेल

मङ्गलबार, ०४ वैशाख २०७५, १७ : ०५
मङ्गलबार, ०४ वैशाख २०७५

काठमाडौं– चार वटा कम्युनिष्ट पार्टीका नेताहरुले एमाले  प्रधानमन्त्री केपी ओलीले राष्ट्रवादमाथि प्रश्न उठाएका छन् । 

‘भारतसँग असमान सन्धी सम्झौता र राष्ट्रियताको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल,  नेकपा विप्लव र नेकपा ऋषि कट्टेलका नेताले यस्तो बताएका हुन् । 

अन्तरक्रिया कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका नेता  सीपी गजुरेलले ओली कुनै सन्धी सम्झौता गर्न गएका थिएनन् भने किन गएको थिए भन्ने प्रश्न गरे । उनी आफू भारतनिकट नै भएको आवस्त पार्न भ्रमणमा गएको आरोप लगाए । 

 ‘ओली भारत जानुको कारण म पुनः  मोदी क्याम्पमा फर्किसकेको छु भन्ने सन्देश दिन हो’, उनले भने, ‘ ओली अब नाकाबन्दीको ओली होइनन् ।’

उनले अरुण तेस्रो दिल्ली मै बसेर उद्घाटन गर्ने भनिएपनि अन्तिम समयमा किन भएन भन्ने रहस्यमय भएको बताए । 

उनले महाकाली सन्धी गर्न ओलीको भूमिका कस्तो थियो भन्ने नेपाली जनताले भुलिनसकेको पनि बताए । 

नेकपाका जनसरकार प्रमुख सन्तोष बूढा मगरले  प्रचण्डलगायतका नेताहरु जनयुद्धदेखि नै भारतको इशारामा चलेको आरोप लगाए । 

यस्तै  नेकपाका ऋषि कट्टेलले कम्युष्टिलाई साम्राज्यवादीले राष्ट्रघाती काम गर्न उक्साउने गरेको भन्दै त्यसप्रति सचेत बन्नुपर्नेमा जोड दिए । 
कार्यक्रममा पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षत्री, सीमाबिज्ञ बुद्धिनारायण श्रेष्ठ, परराष्ट्रबिज्ञ हिरण्यलाल श्रेष्ठ, जलस्रोतविज्ञ दीपक बोहरा लगायतको समेत सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप