शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानको निर्वाचित कमिटी विधान संशोधन गर्न लचिलो

मङ्गलबार, ०४ वैशाख २०७५, १६ : ३९
मङ्गलबार, ०४ वैशाख २०७५

काठमाडौं–नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित कमिटीले क्यानको निलम्बन फुकुवा गर्न अहिलेको विधान संशोधन गर्न आवश्यक लचकताका साथ प्रस्तुत हुने जनाएको छ । क्यानको निर्वाचित कमिटीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निलम्बन फुकुवा भई नेपाली क्रिकेटले निकास पाउने विश्वास समेत व्यक्त गरेको हो । 

क्यान निर्वाचित कमिटीका महासचिव अशोकनाथ प्याकुरेलले आफूहरु सधैं विधि र प्रक्रियाको पक्षमा रहेको दावी गर्दै आगामी दिनमा पनि नेपाली क्रिकेट विधिसम्मत ढंगले ढंगले चलोस् भन्ने सुनिश्चितता चाहेको पनि स्पष्ट पारे । 

क्यानको विशेष साधारण सभा आगामी बैशाख ६ र ७ गते हुँदैछ । महासचिव प्याकुरेलले सोही साधारण सभाले क्यान भित्र देखिएको विवाद समाधान गर्ने विश्वास पनि व्यक्त गरे । निर्वाचित क्यानले नेपालको निलम्बन फुकुवा गर्नका लागि सम्बन्धित सबै पक्ष जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्ने पनि स्पष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप