शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दरबारमा मार्गमा खुल्यो किंङ्स लाउञ्ज

मङ्गलबार, ०४ वैशाख २०७५, १६ : ३१
मङ्गलबार, ०४ वैशाख २०७५

काठमाडौं–राजधानीको दरबारमार्गमा अत्याधुनिक फेमिली रेष्टुरेन्ट ‘किंङस् लाउञ्ज’ सञ्चालनमा आएको छ । नयाँ बर्ष २०७५ को अवसर पारेर सो रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । 

विभिन्न पेशा र व्यवसायमा आवद्ध युवाहरुको सामूहिक लगानीमा सुरुवात गरिएको रेष्टुरेन्टमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको  स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिने लाउञ्जका सञ्चालक दर्शन भट्टराईले बताए । 

राजधानीको मुख्य केन्द्र दरबार मार्गमा सुरक्षित पारिवारीक वातावरणमा फरक ढगंले रेष्टुरेन्ट संचालनमा ल्याइएको किंङस् लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए । 

रेष्टुरेन्ट विहान एघार बजेदेखि राति १२ बजेसम्म संचालनमा आउनेछ । विहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठि, इभेन्ट तथा पार्टीहरु संचालन गरिने छ ।

जसका लागि टेरेस रुम, भिआइपि रुम, लाईभ रुम, फेमेलि रुम लगायतको व्यवस्था गरिएको छ । साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुती रहने लाउञ्ज सञ्चालकले बताएका छन् । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप