मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ह्वाइट हाउसले गर्यो मणि नेपाली पनेरुलाई पुरस्कृत

शुक्रबार, २३ असार २०७४, १९ : २२
शुक्रबार, २३ असार २०७४

अमेरिका– अमेरिकी राष्ट्रपतिको कार्यालय अन्तर्गत कर्पोरेसन फर नेशनल एन्ड कम्युनिटी सर्भिसले सामुदायिक तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उत्कृष्ट सेवा गर्ने सामुदायिक नेतृत्वलाई हरेक वर्ष प्रदान गर्ने द प्रेसिडेन्ट भोलेन्टियर सर्भिस स्वर्ण पदकबाट एकजना नेपाली पुरस्कृत भएका छन् । समाजसेवामा उत्कृष्ट कार्य गरेको भन्दै ह्वाइट हाउसले क्यालिफोर्नीया निवासी मणि नेपाली पनेरुलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत ब्यक्तिलाई सो सँस्थाद्वारा बिभिन्न निकायमार्फत अभिलेख गरिएका स्वयंसेवक अवधीको आधारमा कास्य, रजत र स्वर्ण पदक वा राष्ट्रपतीय बिल्लाबाट सम्मान गरिन्छ । नेपाल  एसोशिएसन फर ग्लोवल को–अपरेशन (एनएजीसी)का संस्थापक अध्यक्ष मणि नेपाली पनेरुलाई सामुदायिक सेवामा उल्लेख्य समय खर्च गरी उत्कृष्ट कार्य गरे बापत २०१६ को सो अवार्ड प्रदान गरिएको हो । 

विगत १३ बर्षदेखि अमेरिकाको क्यालिफोर्नीयामा बस्दै आएका पनेरु लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णका अध्यक्ष थिए । उनी लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ४ सी ३ को जोन चेयरको रुपमा गैरनेपाली सामुदायिक सेवामा समेत सक्रिय थिए भने लायन्स क्लव अफ सान लेनार्डो मनकामनामा सर्टिफाईड गाइडिङ लायनको हैसियतलेसमेत सेवा गर्दै आएका छन् । 

विश्वभर ३५ देशमा शाखा रहेको नेपाल एसोशिएसन फर ग्लोवल को–अपरेशनको वर्तमान नामक अध्यक्षसमेत रहेका पनेरुलाई गत वर्ष ओबामा प्रशासनले नै सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पनेरुलाई लायन्स क्लव एसोसिएसनका अन्तराष्ट्रिय अध्यक्ष जो प्रेस्टनले गत मंगलबार शिकागोमा आयोजित एसोशियसनको शतवार्षिकी समारोहमा झण्डै ६० हजार सहभागीहरु माझ पदक पुरस्कार, सुनको गोल्ड पिन (बिल्ला) र अमेरिकी राष्ट्रपतिको बधाई पत्र हस्तान्तरण गरेका थिए ।  

द प्रेसीडेन्ट भोलिन्टियर अवार्ड सन् २००२ मा तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुसले स्थापना गरेका थिए । यसअघि बाला घिमिरे, उत्तम कार्की र लीला कार्कीले यो अवार्ड पाइसकेका छन् । 

पुरस्कृत भएपछि पनेरुले, श्रीमती हेमा पनेरु, डिष्ट्रिक्ट गभर्नर राजेन थापाको सहयोगबाट यो सम्भव भएको बताउदै अबको समय नेपालको सेवामा विताउने प्रतिवद्धता जनाए ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप