शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा दक्षिण पूर्वी यूरोपको तस्विर प्रदर्शनी सुरु

मङ्गलबार, ०४ वैशाख २०७५, १६ : २१
मङ्गलबार, ०४ वैशाख २०७५

काठमाडौँ– नेपालस्थित बोस्निया र हर्जेगोभिनाको माननीय कन्सुलेटले बोस्निया र हर्जेगोभिनाको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्कने गरी तस्विर प्रदर्शनीको आयोजना गरेको छ । सो तस्विर प्रदर्शनीको आज एक समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी बोस्निया र हर्जेगोभिनाका माननीय राजदूत डा. साबिट सुबासिचले उद्घाटन गरे । दक्षिण पूर्वी युरोपको मुटुमा अवस्थित ती राष्ट्रको पर्यटन प्रचारको उद्देश्यले तस्विर प्रदर्शनी गरिएको आयोजक पक्षले जनाएको छ ।

 उक्त समारोहमा फ्रेन्ड्स अफ बोस्निया र हर्जेगोभिना इन नेपाल समूहसहित अन्य विशेष अतिथिहरुको उपस्थिति पनि रहेको थियो ।  एड्रियाटिक सागरको किनारमा अवस्थित बोस्निया र हर्जेगोभिनाको ऐतिहासिक संस्कृति तथा प्राकृतिक छवि निकै सुन्दरतापूर्वक विश्वप्रख्यात फोटोग्राफर प्रकाश ब्याङले आफ्नो क्यामेराद्वारा तस्विरमा कैद गरेका छन् ।

बोस्निया र हर्जेगोभिना युरोपियन गन्तब्य पर्यटकीय स्थलको रुपमा प्रख्यात छ । बोस्निया र हर्जेगोभिनाको प्राकृतिक सुन्दरता तथा संस्कृति र त्यहाँका नागरिकहरुलाई तस्बिरका माध्यमबाट परिचित गराउने यस प्रदर्शनीको मूल उद्देश्य रहेको आयोजक पक्षले जाएको छ । 

उक्त प्रदर्शनी ललितपुरको झम्सिखेलमा अवस्थित इभोक बिस्ट्रो तथा क्याफेमा अप्रिल १६ देखि १८ सम्म सञ्चालन हुने आयोजक पक्षले जानकारी दिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप