शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री पण्डितले दीक्षित गरेलगत्तै शाखा अधिकृतहरुले गरे यस्तो प्रतिबद्धता

मङ्गलबार, ०४ वैशाख २०७५, १५ : ५५
मङ्गलबार, ०४ वैशाख २०७५

काठमाडौं– नवनियुक्त शाखा अधिकृतहरुले जनतालाई सेवा दिने काममा लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन । नवनियुक्त शाखा अधिकृतहरुले मंगलबार ललितपुरमा आयोजित दिक्षान्त समारोहमा नयाँ जोश र जाँगरका साथ बदलिँदो परिवेश अनुसार निजामती सेवालाई अघि बढाउने पनि बताएका हुन् । 

शाखा अधिकृत प्रतिष्ठा कोइरालाले निजामती सेवाको कार्यशैलीप्रति जनतामा देखिएको नकरात्मक भावना अन्त्य हुने गरी जोश र जाँगरका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । मुलुक संघीय ढाँचामा गएकाले सोहीअनुसार आफूहरुले कार्य सम्पादन गर्ने उनको भनाई थियो ।

अर्का शाखा अधिकृत श्रीकृष्ण सिलवालले कर्तव्यनिष्ट भएर निजामती सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता ब्यक्त गरे । उनले केही गरौं भन्ने भावनाका साथ निजामती सेवामा आफू प्रवेश गरेको उल्लेख गर्दै त्यसमा कटिबद्ध भएर लाग्ने योजना पनि सुनाए । सिलवालले विदेशमा रहेका नेपालीहरुको हितमा पनि केन्द्रित हुने बताए ।

त्यसैगरी शाखा अधिकृत अनिल घिमिरेले निजामती सेवाको मूल्य, मान्यता अनुसार अघि बढने प्रतिबद्धता ब्यक्त गरे । उनले मुलुकमा सुशासन कायम गर्न मातहतका निकायसँग सहकार्य गर्ने योजना पनि सुनाए ।
नवनियुक्त शाखा अधिकृतहरुले ३ महिने आधारभूत प्रशासन प्रशिक्षण तालिम लिइसकेका छन । उनीहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दीक्षित गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप