बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरद्वारा आरोही पत्रकारलाई २५ लाख सहयोग

मङ्गलबार, ०४ वैशाख २०७५, १५ : ४८
मङ्गलबार, ०४ वैशाख २०७५

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सगरमाथा आरोहणमा जान लागेका महिला पत्रकारको समूहलाई रु २५ लाख सहयोग गरेको छ ।  कामपा प्रमुख विद्यासुन्दर शाक्यले आरोहणको सफलताको कामनासहित नगद रकम हस्तान्तरण गर्दै पत्रकारको सगरमाथा आरोहण सफलतापछि महानगरको सार्वजनिक कार्यक्रममा योगदान पुग्ने विश्वास व्यक्त गरे । सोही कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले आफैंँसँग भएको क्षमताको प्रयोगबाट पर्यटकीय सम्भावना खोज्न सकिने बताए । 

आरोहण टोली प्रमुख रोजित वुद्धाचार्य९नेपाल टेलिभिजन०ले फर्किएपछि हिमाल, पहाड र तराईको सम्बन्ध जोड्ने पर्यटन प्रवद्र्धनमा सक्रिय रहने बताए ।  आरोही अन्य महिलामा मेघा टेलिभिजनकी कल्पना महर्जन, राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, न्यूज ट्वान्टी फोरकी प्रियालक्ष्मी कार्की र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ राई रहेका छन् । आरोहण टोली बुधबार लुक्लातर्फ प्रस्थान गर्नेछ । 

आरोहणका क्रममा महानगरको खड्गांकित झण्डा आधार शिविरमा गाडिने छ भने सानो झण्डा र नक्शा चुचुरामा गाडिनेछ । उनीहरुको आरोहण व्यवस्थापन ड्रिमर्स डेस्टिनेसन ट्रेक एण्ड एक्सिडिसनले गरेको छ । 
‘समानताका लागि बुलन्द आवाज’ नारा लिएर उनीहरु आरोहणमा जान लागेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप