बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

१५ वर्षीया किशोरी मृत फेला

मङ्गलबार, ०४ वैशाख २०७५, १५ : ३६
मङ्गलबार, ०४ वैशाख २०७५

रुपन्देही– स्थानीय ओमसतिया गाउँपालिका–६ स्थित वृन्दावनमा आज १५ वर्षीया एक किशोरी मृतावस्थामा फेला परेकी छन् । 

सोमबार बेलुकादेखि हराइरहेकी उनी घरबाट डेढ मिटर टाढा खेतमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । 

“उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने आशङ्का छ तर विस्तृत विवरण शव परीक्षणपछि आउला”, उनले भने । घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप