बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुचना प्रविधि ऐन ल्याउने तयारीमा सञ्चार मन्त्रालय

मङ्गलबार, ०४ वैशाख २०७५, १५ : २८
मङ्गलबार, ०४ वैशाख २०७५

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले सञ्चार उद्यममा संकूचन हुनेगरी सूचना प्रविधि ऐन नआउने स्पष्ट पारेका छन् ।  राज्यमन्त्री बाँस्कोटाले व्यवसायलाई सरल, सहज र व्यवस्थित बनाउने गरी सूचना प्रविधि ऐन ल्याउन लागिएको बताएका हुन् । 

उनले राष्ट्रिय सुरक्षालाई मूल आधार बनाएर सरकारले सूचना प्रविधि ऐन ल्याउन लागेको पनि उल्लेख गरे । मंगलबार सरकारद्धारा प्रस्तावित सूचना प्रविधि ऐनसम्बन्धि मंगलबार सरोकारवालाहरुसँग छलफल गर्दै राज्यमन्त्री बास्कोटाले ऐन व्यक्तिको अधिकारलाई हनन हुन नदिने गरी ल्याउने प्रतिवद्धता पनि व्यक्त गरे ।

राज्यमन्त्री बास्कोटाले ऐनले सूचना प्रविधिको क्षेत्रमा गरिएको राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानीलाई पारदर्शी बनाउने दावी गरे । ऐनमा सबैको अपनत्व कायम गर्न सरोकारवालाहरुसँग पनि छलफल गरिएको राज्यमन्त्री बास्कोटाको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप