बालकको हत्या गरेको आरोपमा ३१ वर्ष कैद सजाय
गौशाला– बालकलाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका दुई जनालाई महोत्तरी जिल्ला अदालतले आज जनही ३१ वर्ष कैद सजाय सुनाएको छ ।
जलेश्वर १२ मलिवारा गाउँबाट नवीन पाण्डेका ११ वर्षीय छोरा क्युट भनिने निश्चललाई २०७२ पुस ३० गते साँझ ६ बजे अपहरण गरी जलेश्वर १३ स्थित रातु खोलाको पुल नजिकै झारीमा हत्या गरेर गाडेको आरोपमा अदालतले जलेश्वर नगरपालिका– १ बस्ने पप्पु यादव र वडा नं ६ बस्ने २० वर्षीय गोविन्दकुमार मिश्रलाई कर्तव्य ज्यान मुद्दामा सो सजाय सुनाएको हो । साथै दुवै जनालाई जनही करीब रु १६ लाख जरिवानासमेत ठहर गरिएको श्रेस्तेदार रामानन्दप्रसाद अधिकारीले बताए ।
सोही मुद्दामा जलेश्वर –२ बस्ने शिवम चौधरीलाई अदालतले ११ वर्ष कैद र करीब रु १६ लाख जरिवाना ठहर गरेको छ । अभियुक्तहरुले बालक पाण्डेलाई मोटरसाइकल चलाउने लोभ देखाएर जलेश्वर–१२ स्थित बस बिसौनीबाट अपहरण गरी लगेर उनका बुबा नवीनसँग रु ३० लाख भारतीय फिरौती मागेका थिए । बालकले आफू अपहरणमा परेको बुझिसकेर कराउन थालेपछि अभियुक्तले उनको नाकमुख थिची हत्या गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने