शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युवासंघको अध्यक्षमा एमालेका समूहबीच रडाको, नेपाल पक्षले थाल्यो यस्तो तयारी

मङ्गलबार, ०४ वैशाख २०७५, १५ : १५
मङ्गलबार, ०४ वैशाख २०७५

काठमाडौं–एमालेको भातृ संगठन युवा संघमा नेतृत्वको विषयलाई लिएर अध्यक्ष केपी ओली र माधव नेपाल समूहबीचको विवाद चरमोत्कर्षमा पुगेको छ । 

पार्टीमा अध्यक्ष केपी ओली र माधव नेपाल मिलेपनि भातृ संगठन युवा संघमा भने गुटगत राजनीति थप बढ्दै गएको पाइएको छ । 

सोमबार र मंगलबार बसेको युवासंघको बैठकमा अध्यक्ष राजीव पहरीलाई ओली समुहका महेश बस्नेत र निरु पालले राजीनामा दिन दवाव दिएका थिए । साे दबाब थेग्न नसकि उनले राजीनामा दिन्छु भनेपनि हालसम्न दिएका भने छैनन् ।  पहारी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।  

यता माधव नेपाल पक्षले पनि पहारीकाे राजीनामा कुरेर बसेकाे र उनले राजीनामा दिएसँगै समानान्तर कमिटी घाेषणा गर्ने तयारी गरेकाे छ । 

नेपाल समूहले मंगलबार नै पत्रकार सम्मेलन गरेर समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेपनि अन्तिममा स्थगित गरेको सचिव नरेश शाहीले बताए ।

अध्यक्ष राजीव पहारी, पूर्व अध्यक्ष महेश बस्नेतलगायतको समूह  वामपन्थी एकतादेखि विधि र नियम मिच्न उद्दत रहेको ठहर गर्दै समानान्तर कमिटी गठनको निर्णय भएको शाहीले बताए ।

युवा संघलाई राजनीतिक संगठन भन्दा लुटीखाने भाँडो बनाएर चलाएको ठहर नेपाल समूहको छ । नेपाल समुहमा युवा संघबाट उपाध्यक्ष दिलु पन्त, सचिव शाही, क्रान्ति बुर्लाकोटीलगायत रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप