शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चट्याङ लागेर २२ जनाको मृत्यु

मङ्गलबार, ०४ वैशाख २०७५, १५ : १५
मङ्गलबार, ०४ वैशाख २०७५

एजेन्सी–रुवाण्डाको किगाली भन्ने स्थानमा चट्याङ लागेर दुई दिनयता कम्तीमा पनि २२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । 

दक्षिणी रुवाण्डामा भएको सो घटनामा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका पनि यहाँका गृह प्रशासनसम्बन्धी अधिकारीले शनिबार जानकारी दिएका छन् । 

सोमबार बिहान ११ बजेतिर ४५ जनालाई आकास चम्किएको विद्युतले हानेको थियो, त्यसलगत्तै भूईँमा लडेका उनीहरुको घटनास्थलमै निधन भएको छ– एकजना स्थानीय नागरिकले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । 

सो स्थानमा गत वर्ष पनि यसरी चट्याङ लागेर केही मानिसको ज्यान गएको थियो । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप