एक गल्तीका कारण वैज्ञानिकहरुले पत्ता लगाए प्लाष्टिक कुहाउने पदार्थ
काठमाडौँ । वैज्ञानिकहरुले अनायासै प्लाष्टिक खाने इन्जाइम विकास गरेका छन् । यसले संसारको सबैभन्दा खराब मध्य एक मानिने प्रदुषणसँग लड्ने समाधान भेटिएको जस्तो देखिएको छ ।
बेलायतको युनिभर्सिटी अफ पोर्टमाउथ र अमेरिकी उर्जा विभागको राष्ट्रिय नविकरणीय उर्जा प्रयोगशालाका अनुसन्धानदाताहरुले यो आविष्कार गरेका हुन् । उनीहरुले जापानको फोहोर पुनःचक्रिय केन्द्रमा केही वर्ष अघि प्राकृतिक इन्जाइमको संरचना अध्ययन गर्ने क्रममा यो आविष्कार गरेका थिए ।
उनीहरुले बनाएको इन्जाइम इडिओनेला सकाइन्सिस २०१–एफ ६ ले पोलिइथाइल टेरेफ्थलेट (पीईटी) लाई कुहाएको भनेका छन् । पीईटीलाई १९४० को दशकमा प्लाष्टिकको नाममा प्याटेन्ट लिइएको थियो । यसलाई वार्षिक रुपमा करोडौँ टन प्लाष्टिक बोतल उत्पादन गर्न प्रयोग गरिन्छ ।
उनीहरुको खास उदेश्य यसको संरचना अध्ययन गर्ने थियो । तर उनीहरुले गल्तिले एक यस्तो इन्जाइम बनाए जो पिईटी प्लाष्टिक नष्ट गर्नको लागि झनै असरदार देखियो ।
“हामीले यसको संरचना निर्धारण गरेर प्रोटिन निर्माणमा सहयोग हुन्छ सोचेका थियौँ तर हामी एक कदम अघि बढ्यौँ र गल्तीले यस्तो इन्जाइम निर्माण ग¥यौं जो प्लाष्टिक नष्ट गर्न उपयोगी भयो,” एक अनुसन्धानदाता ग्रेग बेकहमले भने ।
यो अविष्कारले पीईटीबाट बन्ने करोडौँ टन प्लाष्टिकका बोतलहरु पुनर्चक्रबाट समधान हुन सक्छ । हाल यो सयौँ वर्षसम्म नकुहिने भएकाले यसले वातावरणमा समस्या निम्त्याइरहेको छ ।
“भाग्यले आधारभूत अनुसन्धानमा निक्कै महत्वपूर्ण भूमिका खेल्छ र यो हाम्रो आविष्कार यसको अपवाद होइन,” पोर्टमाउथ विश्वविद्यालयका जीव विज्ञानका निर्देशक प्राध्यापक म्याकगीहनले भने ।
यो इन्जाइमले पोलिइथाइल फूरनडीकार्बोअक्सीलेट अथवा पीईएफलाई पनि कुहाउन सक्छ । जैविक पदार्थमा आधारित पीईएफलाई पीईटीको विकल्प मानिएको थियो । तर जैविक आधारित भए पनि पीईएफ जैविक रुपमा भने कुहिँदैन । त्यसैले यो पनि ल्याण्डफिल्डमा फालिन्थ्यो र अन्तत समूद्रमा पुग्थ्यो ।
“हालको सुधार थोरै हो तर यो पहिले कल्पना नगरिएको आविष्कारले यो इन्जाइम्समा अझै सुधार गर्ने ठाउँ छ भन्ने देखाएको छ । यसले हामीलाई निरन्तर चुलिँदै रहेको फालिएको प्लाष्टिकहरुको समस्या समाधानको अझ नजिक पु¥याएको छ,” म्याकगीहन भन्छन् ।
युनिभर्सिटी अफ पोर्टमाउथले हाल अनुसन्धानदाताहरुले यो इन्जाइमलाई औधोगिक स्तरमा प्रयोग गर्न मिल्ने गरि सुधार गरिरहेका बताएको छ ।
प्रत्यक वर्ष आठ मेट्रिक टन प्लाष्टिकको फोहोर समुद्रमा गइरहेको तथ्यलाई हेरेर वैज्ञानिकहरुले यो कार्यलाई तीव्रता दिइरहेको विश्वविद्यालयले बताएको छ ।
“विज्ञहरुको अनुमान अनुसार सन् २०५० सम्म समून्द्रमा माछाहरुभन्दा प्लाष्टिक धेरै हुनेछ,” एन.आर.ई.एल.ले भन्यो ।
तीन वर्ष चलेको एक अध्ययनले ‘ग्रेट प्याशिफिक गारबेज प्याच’ भनिने प्रशान्त महासागरमा रहेको ठूलो फोहोरको थुप्रो बढेर फ्रान्सभन्दा तीन गुणा बढी ठूलो भएको देखाएको छ । यो अध्ययनले यो थुप्रो पहिले अनुमान गरिएको भन्दा तीब्र गतिमा बढीरहेको देखाएको छ । र यो विशाल थुप्रोको ठूलो हिस्सा एक पटक प्रयोग गरेर फालिने पीईटी बोतल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि