शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिङ्गापुरमा उच्च प्रविधिको प्रयोग गरेर परीक्षामा चोरी गरिएको पर्दाफास

मङ्गलबार, ०४ वैशाख २०७५, १३ : ५७
मङ्गलबार, ०४ वैशाख २०७५

सिङ्गापुरकी एक शिक्षिकाले सन् २०१६ मा सम्पन्न भएको परीक्षामा छ जना चिनियाँ विद्यार्थीलाई चिट चोराएको स्वीकार गरेकी छिन् ।  चोरी निक्कै होसियारीपूर्वक गरिएको अभियोजनकर्ताहरुले बताएका छन् ।
ट्यान जिया यान नामकी शिक्षिका चोरी गराउनको लागि आफैं निजी परीक्षार्थीको रुपमा परीक्षामा सहभागी भइन् । त्यसपछि उनले प्रश्नपत्रलाई फेसटाइममार्फत बाहिर रहेका सहयोगीलाई पठाइन् । प्राप्त प्रश्नको उत्तर बाहिर बसेका सहयागीले परीक्षा दिइरहेका विद्यार्थीहरुलाई फोन गरेर भनेका थिए ।
उत्तर सुन्नको लागि विद्यार्थीहरुले परीक्षा हलमा फोन र ब्लुटुथ इअरफोन लगेका थिए । इअरफोन भने छालाको रङ्गको थियो ।
ट्यानलाई सोमबार परीक्षा चोरीको आरोपमा दोषी ठहर गरिएको छ ।
यो चोरी ओ–लेभल परीक्षाको क्रममा भएको थियो । सिङ्गापुरमा १६ वर्ष वरपरका विद्यार्थीहरुले यो परीक्षा दिने गर्छन् । अन्य तीन जनालाई पनि यो काण्डमा संलग्न भएको शंकामा पक्राउ गरिएको छ ।
अभियोजनकर्ताका अनुसार यो कार्यमा  संलग्न एक विद्यार्थीबाट अनौठो आवाज भएसँगै परीक्षा नियन्त्रकले थाहा पाएपछि रहस्य खुलेको थियो । 
उक्त विद्यार्थीलाई परीक्षा पछि कापडा खोलेर हेरिएको थियो । त्यस क्रममा उनीबाट एक मोबाइल फोन, ब्लुटुथ उपकरण र छालाको रङ्गको इअरफोन बरामद गरिएको थियो ।
“यो परीक्षा चोरी उच्च प्रविधियुक्त थियो ।” सहायक सरकारी अभियोजनकर्ता भदिभालगन शन्मुगाले भने ।
त्यो समयमा ट्यान जियुज शिक्षा केन्द्रमा काम गर्थिन् ।
यसमा पक्राउ परेका अन्य तीन शंकास्पदहरु पनि त्यही केन्द्रका रहेका छन् । तीन जना पक्राउ परेकामा त्यो केन्द्रकी प्रध्यानाध्यापक पो यआन निई र ट्यानकी सहकर्मीहरु फिओना पो मिन र फेङ्ग रिवेन रहेका छन् । यो हप्ताको अन्त्यबाट उनीहरुको आरोपको सुनुवाई शुरु हुने अनुमान गरिएको छ ।
केन्द्रकी प्राध्यानाध्यापक पो युआन निईले एक चिनियाँ नागरिकबाट डिपोजिटको रुपमा ६,१०० अमेरिकी डलर लिएको र त्यस अतिरिक्त प्रति विद्यार्थी १,००० अमेरिकी डलर लिएको आरोप लागेको छ ।
विद्यार्थी फेल भएमा पुरै पैसा फिर्ता हुने सर्त रहेकोको पनि अनुसन्धानबाट खुलेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप