शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अभिभावक बनेर आज मधेश जाँदै प्रधानमन्त्री ओली

बुधबार, ०५ वैशाख २०७५, ०९ : ००
बुधबार, ०५ वैशाख २०७५

काठमाडौं– मधेश आन्दोलनको क्रममा ‘आक्रामक’ देखिएका एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मधेस झर्ने भएका छन् । 

उनी मधेशमा कुनै राजनीतिक कार्यक्रम वा उद्घाटन तथा शिलान्यासका लागि जान लागेका होइनन्,  एक अभिभावकको रुपमा मधेश जान लागेका हुन् ।

विद्यालय भर्ना अभियान अन्तर्गत अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्नाका लागि उनी सिरहा जान लागेका हुन् । 

बुधवार सिरहाको कल्याणपुर नगरपालिकास्थित रामदुलारी मा।वि।मा विद्यार्थी भर्नाका लागि उनी त्यहाँ जान लागेको एमाले सिरहाका अध्यक्ष प्रमोद यादवले रातोपाटीलाई जानकारी दिए । 

प्रधानमन्त्री ओलीले कल्याणपुर–११ का भोगेन्द्र मल्लिकका छोरा पवन मल्लिक ९डोम० र दिनेश खत्वेका छोरी रुपाकुमारी खत्वेको अभिभावकत्व गर्दै विद्यालय भर्ना गर्ने कार्यक्रम छ ।  प्रधानमन्त्री ओलीले उनी दुईजनालाई न्युनतम आठ कक्षासम्म पढाउनका लागि सम्पूर्ण खर्चको जिम्मेवारी लिएको सिरहाका शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिए । 

दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र जिल्ला प्रशासन सिरहाका प्रमुखले पनि अभिभावकत्व लिने कार्यक्रम छ  । तर हालसम्म विद्यार्थीको नाम टुगों नलागेको बताइएको छ ।

तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले २०७१ देखि मधेश आन्दोलन शुरु गरेपछि ओली भित्रि मधेस गएका थिएनन्  । 

एमालेका अध्यक्ष समेत रहेका अ‍ोलीले त्यतिबेला मधेशको बारेमा दिएका अभिव्यक्तिका कारण मधेशमा उनको निकै आलोचना भएको थियो । आन्दोलनकारीले ओलीलाई मधेशमा ‘प्रवेशको निषेध’ को घोषणा नै गरेका थिए । 

यसअघि प्रधानमन्त्री हुँदा पनि अ‍ोलीले मधेश जानका लागि कार्यक्रमहरु बनाएका थिए । तर, मधेशमा सहज वातावरण नभएका  कारण ती सबै कार्यक्रम स्थगित भएका थिए । 

यसपटक भने ओलीलाई सहज छ । 

प्रधानमन्त्रीको रुपमा उनलाई राजपा नेपाल  र फोरम नेपालको पनि विश्वास दिएका छन् । त्यसरी विश्वासको मत लिएपनि  ओली केहि पहिले बारा गएपनि भित्रि मधेश गएका थिएनन् । 

सिमरामा आयोजित कार्यक्रममा सहभागि बनि ओली काठमाडौं फर्किएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप