बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशियाको ऋणपत्र सुचिकृत

मङ्गलबार, ०४ वैशाख २०७५, १३ : ३०
मङ्गलबार, ०४ वैशाख २०७५

काठमाडौं– एनआईसी एशिया  बैकले जारी गरेको ‘९ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८१/८२’ सुचिकृत भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा भएको एक कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र बैकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सोमबार सम्झौतामा हस्ताक्षर गरेसँगै ऋणपत्र सूचीकृत भएको हो ।
ऋणपत्र सूचीकृत भएपछि बोण्डधनीहरुले ९ प्रतिशत एन आई सी एशिया ऋणपत्र २०८१/८२ धितोपत्र बजारमा कारोवार गर्न सक्नेछन् ।

बंैकले जारी गरेको उक्त ऋणपत्र देशको हालसम्मकै ठूलो रकमको भएको, जसका लागि तोकिएको समयावधिभित्र शतप्रतिशत आवेदन परी बाँडफाँड भएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप