एभरेष्ट इन्स्योरेन्सको साधरण सभा सम्पन्न
काठमाडौं – एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो बार्षिक साधरण सभा २३ गते शुक्रबार सम्पन्न गरेको छ । कम्पनीले १८औं, १९ औं २० औं २१ औं तथा २२ औै वार्षिक साधरण सभा एकै पटक सम्पन्न गरेको हो ।
उक्त साधरण सभाबाट कम्पनीका सदस्यहरुलाई आव २०७२ /०७३ को मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने रकम रु दुइ करोड दुइलाख पाचास हजार बोनस शेयर तथा बोनास शेयर वापतको प्रयोजनार्थ दश लाख ६५ हजार सात सय ८९ नगद लाभांश स्वीकृत गरेको छ ।
साथै, पुँजी बृद्धि सम्बन्धमा माथि प्रस्तावित बोनस शेयर बाँडफाँड पश्चात हुने चुक्त पँजी रु १२ करोड १५ लाख को एक भागको ६ भागका दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित भएको जनाएको छ ।
वार्षिकोत्सवका अवसरमा आगामी दिनमा अझै उत्कृष्ट सेवा दिदै अघि बढ्ने कम्पनीका संचालक समतिका अध्यक्ष राजीव सापकोटाले व्यत्ति गरे । त्यस्तै कम्पनीको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा कमल गौतम नियुक्त भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जरिवानाको रकम सिधै सरकारी राजस्वमा जान्छ, ट्राफिकले अतिरिक्त भत्ता पाउँदैनन् : नेपाल प्रहरी
-
अमेरिका–इरान तनाव चर्किँदा एक महिनाकै उच्च स्तरमा उक्लियो कच्चा तेलको भाउ
-
प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म विरोध कायमै राख्ने एमालेको घोषणा
-
संसदमा उठ्यो शङ्कास्पद गाडी पार्किङको विषय
-
शेख हमादको निधनमा शोक व्यक्त गर्न उपराष्ट्रपति यादव कतार जाँदै
-
खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण