शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले नेताका विकराल विसङ्गति

मङ्गलबार, ०४ वैशाख २०७५, १० : ५०
मङ्गलबार, ०४ वैशाख २०७५

कतिपय एमाले नेता प्रतिक्रिवादी कित्ताका झैँ पार्टी र नेतृत्वलाई उधार्नमै समय व्यतीत गरेको देखिन्छ । कति एमाले नेताहरूमा भूल, भत्कोस र भाँड प्रवृत्ति बारबार  देखिन्छ र तिनले उपर्युक्त खालका अभिव्यक्तिहरू बारबार प्रकट गरेको पाइन्छ । 

कमरेड माओ त्से तुङले बन्दुकविहीन शत्रुहरू झन् खतरनाक हुन्छन् भनेका थिए । उनले यस्ता शत्रुहरू विचार, चिन्तन, लेखन र प्रकाशनका तहमा हुन्छन् भनेका छन् । माओले जसरी लहलहाउँदा बालीमा  झारपात उम्रिन्छन्, हुर्किन्छन् र तिनले अझ मौलाउने अवसर पाए भने फुल्न र फल्न लागेको बाली नै समाप्त पारिदिन्छन् भनेका थिए । 

यसको अर्थ पार्टी आन्दोलन र अभियानमा पनि झारपात, किरा र कमिला लाग्छन् भन्ने हो । बालीनाली सित्तैं झारपात उम्रिनु प्रकृति हो, द्वन्द्ववाद हो । यस्तो हुँदा आत्तिनु र अताल्लिनु नै पर्दैन तर यस्ता झारपात उम्रिँदा र मौलाउँदा   हात बाँधेर र कलम थक्याएर चाहिँ किमार्थ बस्न हुँदैन । त्यसैले माओले बेठीक विचार र भूलहरूको पनि आलोचना गर्नै पर्छ भनेका छन् । 

   बेलैमा ख्याल नगर्दा उर्वर धानमा मल्लिँडो झाँगिन्छ । मकैको महकिलो बोटमा कालिपोके लाग्छ । भुसालकै कुरा गर्दा बेदुराम भुसाल एमालेका एक नमुना  पाठशाला हुन् । उनी समुद्रझैँ धीर, गम्भीर र गहन छन्  तर  आधा गाग्राको पानी छचल्किन्छ । किताब पढे पनि किताबी ज्ञान ग्रहण गर्न सक्नुपर्छ र त्यसलाई  व्यवहारमा उतार्नुपर्छ । माओले पढेको भनेर खूब घमण्ड गर्ने पुङ्गा पण्डितहरू केही किताबी वाक्यांश सिकेर आफूलाई डर लाग्दो सम्झन्छन्  भनेका छन् ।  

  बौद्धिक, वैचारिक तथा लेखकीय आवरणका विसङ्गति विकराल हुन्छन् । किनकि तिनमा औपचारिक शिक्षाको ठूलो डिग्री हुन्छ, लेखक, कवि र चिन्तकको प्रायोजित प्रोपोगन्डा हुन्छ । यसको खूब प्रचार हुन्छ र यसले आम जनतामा लोकप्रियताको माहौल खडा गरिदिन्छ तर यस्तो प्रोपोगन्डा समय क्रममा डा. बाबुराम भट्टाराईको झैँ खरानी हुन्छ । तर बेलैमा होस नगरे एमाले पार्टीमा यसले केही नकेही नोक्सान नै गर्ने छ । 

त्यसैले जनताको विश्व विद्यालयमा पढेको परिपक्व नेता र कार्यकर्तालाई  भन्दा कथित डिग्रीधारी र ठेलीकार समाजमा ठूलो ठानिन्छ ।  यस्ता विसङ्गति बिसालु  झारपात हुन्, तिनलाई समयमै उखेलिहाल्नुपर्छ । 
किनकि माक्र्सवाद पढ्नु र माक्र्सवादी हुनु बिलकुल विपरीत कुरा हुन् । जीवन र व्यवहारसित नजोडिएको माक्र्सवादी ज्ञान खोक्रो हुन्छ ।  

ब्याड न्युज गुड न्युज अनुसार  मिडियाहरूमा तिनै खोक्राहरूको हाउभाउ बिक्छ, विकाइन्छ । त्यसैगरी पार्टीमा लामो समदेखि क्रियाशील रहेर माथिल्लो तहमा विराजमान भइसकेका तर दरबारको रछान र जनताको दलान छुट्यान नसक्ने एमाले नेतालाई पनि मिडियाले राम्रै ठाउँ दिँदा रहेछन् र तिनले पनि एमाले पार्टी र नेतृत्वलाई मनोगत आरोप र आक्रोश पोखेको देख्नु सुन्नु परेकै छ । 
मैनाली थरका ती नेता कम्युनिष्ट आन्दोलन मात्रै होइन लोकतन्त्रकै घाँटी निमोठ्न पूर्वराजा ज्ञानेन्द्रको सरकारका मन्त्री बनेको कुरा कसलाई थाहा छैन र ? 
 अर्कातिर एक एमाले नेताले ताप्लेजुङ जिल्लाबाट सङ्घीय संसद्को चुनावका प्रचारका बेला पार्टी अध्यक्षलाई प्रचारमा जिल्ला ओराले र घुमाए त्यस बेला मेरा  बाउ बाउ ओलीको भारी प्रशंसा गरे भने तर चुनाव जितिसकेपछि तिनै  बाउ बन जाउ मात्र भनेनन् तिनले त जबजको च्याप्टर क्लोजको दृढ मतियार बनेर मैदानमा पो ओर्लिएर पाखुरा सुर्किन थाले ।

 त्यस अवस्थामा अध्यक्षले नै उनका पोल्टामा हालिदिन आँटेको मन्त्री पद तिनले नपाउनु उनै भट्टराईको तित्रे र पीपलपाते शैलीका कारण बन्यो अनि फेरि तिनै नेता आफू त टुहुरो भएँ भनेर एक दैनिक पत्रिकामा रुन थाले ।

 देश र दुनियाँले बल्लबल्ल पाएको  छँदाखाँदाको हट्टाकट्टा र ज्यूँदो बाउलाई म¥यो भनेर बर्खान्त बारेर  तिनले देख्नेलाई नै लाज हुन गयो  ।
  अर्का पाण्डे थरका नेता एमाले पार्टीमा सम्धीझैँ बारबार महत्वपूर्ण अवसर पाइरहेका छन् तर त्यही जिल्लाबाट संसद्मा पार्टीले टिकट नदिएर अपमानित भएकोमा ठाउँमा आक्रोष नजताई कुठाउँमा रुन पो थाले । आफ्नै लबी नेता गुण त्यागेर गुटगत नातागोतामा फसेपछि यस्तो हुन्छ । 

 यस लेखकका प्रिय आख्यानकार नेपाल एक टिभी अन्तरवार्तामा  हिजै र आजका बीच आनका तान फरक बोली बोल्न थालेर अचम्म र उदेक लाग्यो । ती नेताले  एमाले पार्टीमा कुनै नेता पनि योग्य र सक्षम छैन भन्दै परोक्ष रूपमा आफू मात्र इमानदार र सक्षम भन्न खोजेको देख्दा यस लेखकलाई अचम्म  लाग्यो र उनका विगत कालका केही कृत्य सम्झिँदा सरमसमेत लाग्यो । हाम्रो देशमा यस्तै र यतिकै क्षमताका नेता कार्यकर्ता छन् त अब गुणैगुणले भरिएको नेता कहाँबाट ल्याउने ? स्वर्गबाट कि पातालबाट ल्याउने ? होइन यिनैबाट हामी अगाडि बढ्नु छ भने त यिनलाई सुधार्ने र सच्याउने तथा ठीक बाटामा लगाउने र ल्याउने बाहेक त अरू उपाय  देखिन्न । आफैँले रोपेको, हुर्काएको पार्टी आन्दोलनलाई सुधार्ने हो भने खेदो मात्र गर्नु भएन  र भएको सकार पनि देख्नु र बोल्नुप¥यो नत्र न्यून चेतनाका कार्यकर्ता त रणभुल्लमा पर्छन् । 

होइन उधार्ने, उधिन्ने र छ्याल्लव्याल्ल पार्ने हो भने सानोतिनो योगदान गरेका आधारमा यो लेखक यस्ता कृत्यका विरुद्ध कलम मार्फत् जाइलागिरहन्छ । 

   एमाले पार्टीमा कहिले जबजलाई सिद्धान्त बनाइदिन्छु भनेर कहिले जबजको च्याप्टर क्लोज भयो भनेर कहिले स्थायी समितिमा नोट अफ डिसेन्ट दर्ज गरेर बारबार चर्चामा आउने एक नेता छन् । ती नेताले पार्टीको संसदीय दलको प्रमुखमा पार्टी अध्यक्ष ओलीसित प्रतिस्पर्धा गर्न नदिएकामा ठूलो गुनासो गर्न भ्याए ।
 संसदीय दलमा दुई भोट ल्याएर भए पनि ओलीसित उक्त पदमा सोझो टक्कर र  प्रतिस्पर्धा गर्दा मात्र पनि आफ्नो उचाइ बढ्ने मनोगत भावना मनसुवा उनको देखियो । कहिले काहीँ अमुक नेतासित अग्लिने

क्षमता र बलबुता नहुँदा बाँसको खुट्टा लगाएर भए पनि अग्लाइको भ्रम जनतामा छर्न मन लाग्छ । संस्कृतको एउटा श्लोकले फूलको सङ्गतले गर्दा कमिलो पनि देउताका शिरमा पुग्छ भन्छ ।  महान् प्रतिभा र क्षमताका व्यक्तित्वहरूको जथाभावी आलोचना गर्दा मात्र पनि बाउन्ने व्यक्ति  चर्चाको शिखरमा पुग्छ ।

 ती नेताले हालै नेपाल अध्ययन केन्द्रको अयोजनामा भएको कार्यक्रममा पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारका गतिविधिमा केन्द्रित हुँदै  मनोगत आग्रही विचार व्यक्त गरेर आफ्नै आङ्को छारो उडाएको देखियो । भुसाल थरका ती नेताले ओली प्रधानमन्त्रीत्वका सरकारका पानी जहाज र रेल लगायत लोकप्रिय विकासे योजनाप्रति पूर्ण नकारात्मक भाव स्पष्ट गरेका छन् । 

उनले भनेझैँ के अहिले सिद्धान्त र इतिहास सकिएको अवस्था हो ? बरु लेखक नै जबजको च्याप्टर क्लोज गर्ने भनेर सिद्धान्त समाप्त पार्न तम्तयार थिए । जस्तो आफू त्यस्तै च्यापु भनेझैँ गरेर हुन्छ भुसालजी ।

 अहिले त जबजकै मार्गदर्शनमा समेत  निर्मित संविधानअनुसार सरकार चलिरहेको देखिन्छ । अनि जनताका हितमा काम गर्दा, भ्रष्टाचार निवारण गर्ने आँट, अठोट र आचरण गर्दा  राजनीतिले पपुलिज्मको बाटो लिएको स्वाँगे तर्क गरेर विभ्रम सिर्जना गर्न सुहाउँछ ? 

त्यतिले मात्र नपुगेर उपसचिव स्तरका ती नेता यस अवस्थामा पार्टी र सरकारमा आफूले चाहिँ मन्त्री पद नपाउँदा गुटहरू आउँदा रहेछन् ? कि गुण चाहिँ आउँदा रहेछन्, लालबाबु पण्डित, गोकर्ण विष्टलगायत नेता पार्टीका गुट मात्र होइनन् ती त पार्टीका गुणहरू हुन् । अनि अझ लेखक अघि बढेर पार्टी र सरकारमा गुटका नायक आउँछन्, राजनीति ध्वस्त हुन्छ भन्नेसम्मका बिलकुल बेतुक, बेमौसमी र बेसारे बाजा बजाउँछन् ।

 यति बोल्दा पनि लेखकको चित्त नबुझेर यसरी सरकार बढ्दै गए राज्यले लेखक र आलोचकहरूलाई मार्नेसम्मको काम गर्छ र राज्य फासिस्ट हुन्छसम्म भनेर विपक्षी, विरोधी र प्रतिक्रियावादीले झैँ  सरकार केन्द्रित बर्बराहट प्रस्तुत गरेका छन् ।

 प्रधानमन्त्रीय प्रणाली अनुरूप सञ्चालित यस सरकारका प्रधानमन्त्रीउपर माओवादी मन्त्रीहरूको गुनासोमा अरू मलजल गर्ने भुसालको यो अभिव्यक्ति सर्वथा अराजक रहेको देखिन्छ । हुन त भुसालले उपर्युक्त अभिव्यक्ति प्रकट गर्दा आफू डराएको उल्लेख गरेर ओली विरोधी कुनै गुप्तगु छक्का दाउ हान्न खोजेर पो डराएका हुन् कि भन्ने आभास हुन्छ । नत्र नबिराउने मान्छेले डराउने कामै छैन । 
अहिले एमाले पार्टीमा आफूले भने बमोजिम अमुक पद र प्रतिष्ठा नपाएकामा केही नेता निक्कै रुष्ट भएको र रुष्टहरूको जमघट, भेला र वार्ता गरिरहेको मिडियामा आइसकेको छ । 

अहिले सरकारले  मान्छेका बारेमा छलफल नै  नगरेको भन्ने भुसाललाई रेल र पानी जहाज सामान न्यून र शून्यलागतमा ढुवानी हुँदा मानिस लाभान्वित नभएर गाईभैँसी लाभान्वित हुने हो र ? चाइनाले गरेको विकासमा पनि त्यसको सुन्दर अनुहार छैन भन्ने भुसाललाई विकास निर्माणमा पनि द्वन्द्ववाद लागू हुन्छ भनेर सम्झाउनुपर्ने नै देखियो । बत्तीस लक्षण कहीँ कतै र कसैमा पनि हुँदैन हुँदैन भुसालजी ? 
यस लेखकको मत ओलीलाई देवत्वकरण गर्नुपर्छ भन्ने किमार्थ होइन तर पदीय हैसियत र औकातलाई ध्यान दिने हो आग्रह र आवेशका भरमा मात्र यसरी  आलोचना गर्न कत्ति पनि सुहाउँदैन । नेपाली कम्युनिष्टहरूका उपर्युक्त खालका चिन्तन र चरित्रका कारण ओलीले नेपालमा पोलिटिकल कम्युनिष्ट बढी छन् भनेका होलान् । 
 
(लेखक एमाले संस्कृति विभागका केन्द्रीय सदस्य हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीविशाल पोखरेल
डा. बद्रीविशाल पोखरेल
लेखकबाट थप