बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अपराध महाशाखा प्रमुखमा धीरजप्रताप सिंह

मङ्गलबार, ०४ वैशाख २०७५, ०९ : ४९
मङ्गलबार, ०४ वैशाख २०७५

काठमाडौं– गृह मन्त्रालयले महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी धीरजप्रताप सिंहको सरुवा गरेको छ ।

उपत्यकाको अपराध अनुसन्धानको महत्वपुर्ण ईकाइ मानिने अपराध महाशाखामा वैशाख २ गतेको गृहमन्त्रीस्तरीय निर्णय अनुसार सिंहलाई पठाईएको हो ।

सिंह यसअघि सघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय दाङको प्रमुख हुँदा राम्रो काम गरेर चर्चा कमाएका सिंह नेपाल प्रहरीमा काविल अफिसर मानिन्छन् । संगठित अपराधमा विशेष दख्खल राख्ने सिंहले पर्साको प्रहरी प्रमुख हुँदा तस्करी नियन्त्रणमा विशेष भूमिका खेलेका थिए ।

३३ किलो सुन प्रकरण र पुर्वमा सनम शाक्यको हत्या प्रकरणमा शंकास्पद भूमिका देखिएपछि चैत २३ गते महाशाखाका तत्कालिन एसएसपी विदेश लोहनीलाई गृहमन्त्रालयले जिम्मेवारीबाट हटाएको थियो । 

प्रहरी प्रधान कार्यालयले एसएसपी लोहनी, डिएसपी प्रजित केसी र प्रहरी नावय निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई प्रहरी हेड्क्वार्टरको मानवश्रोत विकास विभागमा हाजिर गराएपछी महाशाखा नेतृत्वविहीन थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप