शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् केपी जसलाई मन्त्री लालबाबु पण्डितले भेटे ?

सोमबार, ०३ वैशाख २०७५, १९ : ४१
सोमबार, ०३ वैशाख २०७५

काठमाडौं । कान्छो सामाजिक अभियान्तको रुपमा चर्चामा आएका केपी खनाललाई सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आज भेटेका छन् । क्लिन काठमाडौं अभियानबाट चर्चामा आएक केपी चैत २७ गतेदेखि ग्रीन सिटी अस्पतालमा एपेन्डीसको उपचार गराईरहेका छन् । 

भेटमा मन्त्री पण्डितले स्वास्थ्यलाभको कामना गर्दै निको भएपछि अध्ययनलाई प्राथमिकता दिँदै अभियानमा लाग्न सुझाए । साथै मन्त्री पण्डितले सजिलै केही कुरा पाउँदैन र सजिलै पाएको कुरा लामो समय नटिक्ने भएको हुँदा आफ्नै संघर्षमा उनले अझैं धेरै काम गर्न बाँकी रहेको बताए ।  

युवाहरुलाई नेतृत्व गर्दे क्लिन काठमाडौं अभियान चलाउँदै आएका १७ वर्षका केपी अहिले ग्रीन सिटीमा नै उपचाररत छन् ।

‘म बद्लिन्छु, मेरो देश बद्लिन्छ’ भन्ने नाराको साथ सफाई अभियानमा लागेका केपीले उपत्यकामा मात्रै १७ सयभन्दा बढी युवाको नेतृत्व गरेका छन् । 

कैलाली घर भएका केपी बिबिएस अध्ययनको लागि काठमाडौं आएका हुन् । उनको अभियानमा देशका विभिन्न चर्चित व्यक्तिहरुले साथ दिँदै आईरहेका छन ।

हाल उनको उपचार ग्रीन सिटी अस्पतालले निःशुल्क गरेको छ । केपीको खाने बस्ने, कलेज खर्च सम्पूर्ण अस्पताले नै व्यहोर्ने अस्पताल सञ्चालन लोक बहादुर टण्डनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप