बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आपूर्ति व्यवस्थापन चुस्त बनाउने विषयमा छलफल

सोमबार, ०३ वैशाख २०७५, १९ : १३
सोमबार, ०३ वैशाख २०७५

काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आपूर्ति व्यवस्थापन चुस्त बनाउन र उद्योग क्षेत्रको सुरक्षा एवं लगानीमैत्री वातावरण बनाउने विषयमा गृह र रक्षा मन्त्रालयसँग छलफल गरेका छन् । 

उद्योग मन्त्रालयमा आज भएको छलफलमा औषधि, पेट्रोलियम पदार्थलगायत दैनिक जीवनका अत्यन्त महत्वपूर्ण सामग्रीको आपूर्ति तथा व्यवस्थापनलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउने विषयमा छलफल भएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए । 

मन्त्री यादवको संयोजकत्वमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा, रक्षा सचिव विष्णुप्रसाद लम्साल, मन्त्रालयका सचिवहरु चद्रकुमार घिमिरे र यमकुमारी खतिवडा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालसहित उच्च अधिकारीको सहभागिता थियो । 

सो अवसरमा मन्त्री यादवले रुग्ण उद्योग सञ्चालन गर्ने, औषधिको उत्पादन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानीमा बारम्बार हुने अवरोधका विषयलाई व्यवस्थित गर्न राज्यका सबै निकाय समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । 

सरकारी उद्योग सञ्चालनका लागि लगानी जुटाउने, त्यसको सुरक्षा गर्ने र बजारीकरण गर्ने विषयमा प्रांप्त भएको सुझावका आधारमा मन्त्रालयले निर्णय लिने स्वकीय सचिव बिष्टले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप