बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाको आरोपः ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण

सोमबार, ०३ वैशाख २०७५, १९ : ०७
सोमबार, ०३ वैशाख २०७५

हेटौँडा ।  नेपाली कांग्रेसका सभापति शेरबवहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण हुन पुगेको आरोप लगाएका छन् । 

नेपाल तरुण दलको आयोजनामा आजदेखि शुरु भएको दुईदिने प्रदेश नं ३ स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै देउवाले ओली सरकारले देशमा अधिनायकवाद सुरु गरिसकेको समेत आरोप लगाएका छन् ।


उनले भने, ‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ। अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो।’ अर्को प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, ‘अब विकास गर्छन्, अधिनायकवादको ।’

देउवाले प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कडा कारवाही गरिने बताएका छन् ।  उनले टिकट नपाएकाहरुले पार्टीका आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेकाले उनीहरुलाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचनमा एकीकृत भई चुनाव लडेकाले पार्टीले पराजय बेहोर्नुपरेको बताए । 

सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महत, डा प्रकाशशरण महत, बालकृष्ण खाँण, रामकृष्ण यादव र महेन्द्र यादवले मुलुकमा निजी क्षेत्रका लगानीकर्तालाई उद्योग स्थापना गर्न वर्तमान सरकारले विभेद गर्न नहुने बताएका थिए । 

प्रशिक्षणमा ३ नं प्रदेशका तरुण दलका अध्यक्ष, क्षेत्रीय अध्यक्ष र केन्द्रीय पार्षद गरी ३२५ प्रतिनिधिको सहभागिता भएको तरुण दल अध्यक्ष जीतजंग बस्नेतले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप