केन्द्रीय संस्करण

७० हजार घुस लिने ट्राफिक प्रहरी श्रेष्ठविरुद्ध आरोपपत्र

person access_timeबैशाख ३, २०७५ chat_bubble_outline0

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै घुस रकम लिनेविरुद्ध आरोप पत्र दायर गरेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी जवान मोतिकुमार श्रेष्ठले चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि रु ७० हजार घुस लिएको अवस्थामा आयोगले निजलाई नियन्त्रणमा लिएको जनाएको छ । 

आयोगको टोलीले प्रहरी जवान श्रेष्ठलाई घुससहित र सोही विषयसँग सम्बन्धित बाग्लुङका मुस्तकिम मियाँ र सलामद्दिन मियाँलाई समेत नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनीहरुले कसुर गरेको ठहरिएको जनाएको छ । 

आयोगले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद सजाय माग दाबी गरी आज विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका सहसचिव एवं प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए । 
 

रासस

राष्ट्रिय समाचार समिति

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ