बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हेरौं सेलिब्रेटीको सामाजिक सञ्जालमा देखिएको ‘आमा प्रेम’

सोमबार, ०३ वैशाख २०७५, १८ : ५२
सोमबार, ०३ वैशाख २०७५

काठमाडौं । सोमबार अर्थात आज आमाको मुख हेर्ने दिन, मातातीर्थ औंशी । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्ने दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदै आइएको छ ।

आमासितै भएका र भेट्न जान सजिलो भएकाहरुले मीठामीठा खानेकुरा दिएर आमाप्रति सम्मान र श्रद्वा व्यक्त गरे । आमालाई भेट्न जान नसकेकाहरुले फोन गरे । आमा नभएकाहरु मातीर्थसम्म पुगेर आमालाई सम्झे ।

यो भन्दा बढी सम्झना र भावना देख्न पाइन्छ, सामाजिक सञ्जालमा । सामाजिक सञ्जाल फेसबुक, ट्विट र इन्ष्टाग्राम प्रयोगकर्ता बढ्सँगै आमाको नाममा पोखिएका भावना र सम्मान छताछुल्ल रुपमा देख्न पाइन्छ ।

कतिले आमाको नाममा कविता र गजल उतारेका छन्, कतिले आमा भेट्न नपाएको भावना पोखेका छन् । कतिले आमाको महिमा र गुणगान गाएका छन् ।

आज कलाकारले पनि आफ्नो आमालाई आ–आफ्नै तवरले सम्मान गरेका छन् । अधिकांश कलाकारले आमाको सम्मान गर्दै आमासँगको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।

हेरौँ समाजिक सञ्जालबाट संकलन गरिएका केही तस्विरहरु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप