शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पावर सेक्टरमा नेपाल, भारत र बंगलादेशको बीचमा सहकार्य हुनुपर्नेमा जोड

सोमबार, ०३ वैशाख २०७५, १८ : २०
सोमबार, ०३ वैशाख २०७५

काठमाडौं । उर्जा, जलस्रोत तथा सिचाईंमन्त्री बर्षमान पुन र नेपालका लागि बंगलादेशी राजदुत मस्फी विन्ते साम्सबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ । 

राजदुत साम्ससँगको भेटमा उर्जामन्त्री पुनले सरकार उर्जा क्षेत्रमा बंगलादेशसँग नेपाल सहकार्य गर्न तयार रहेको धारणा राखेका थिए । मन्त्री पुनले सार्क फ्रेमवर्कभित्र रहेर काम गर्न नेपाल ईच्छुक रहेको समेत बताएका थिए । 

उनले भेटमा उर्जा क्षेत्रमा लगानी गर्ने उपयुक्त वातावरण रहेको भन्दै नेपालमा लगानी गर्न आग्रह गरेको उनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।  

भेटमा राजदुत साम्सले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न बंगलादेश तयार रहेको भन्दै त्यसका लागि नेपालले आयोजना छनौट गरेर दिनुपर्ने बताएकी थिइन् । ‘सरकार मात्र होईन, हाम्रो निजी क्षेत्र समेत नेपालको जलविद्यूतमा लगानी गर्न तयार छ, तर तपाईंहरुले हामीलाई राम्रो परियोजना दिनुपर्ने हुन्छ ।’ भेटमा राजदूत साम्सले भनिन् ।  

जवाफमा मन्त्री पुनले ठूला आयोजना छनौट गरेर मन्त्रालयको च्यानलबाट जानकारी दिने भन्दै आफ्ना समकक्षी बंगलादेशी उर्जामन्त्रीको नेपाल भ्रमणमा त्यसबारेमा टुंगो लगाउने गरी अघि बढ्ने प्रस्ताव समेत राखेका थिए । 

साम्सले बंगलादेश नेपालको पावर सेक्टरमा सहकार्य गर्न तयार रहेको भन्दै त्यसका लागि बंगलादेशी उर्जामन्त्री नेपाल भ्रमणमा आउन ईच्छुक रहेको समेत बताएकी थिइन् । जवाफमा मन्त्री पुनले बंगलादेशी उर्जामन्त्रीलाई छिटोभन्दा छिटो नेपाल भ्रमणमा आमन्त्रण गर्ने जानकारी दिएका थिए । 

बंगलादेशी राजदूतले सन् २०२१ सम्म बंगलादेशलाई १३ हजार मेगावाट बिजुली आवश्यक रहेको भन्दै नेपालको लागि बंगलादेश वैकल्पिक बजार हुन सक्ने सम्भावना रहेको बताएकी थिइन् । उनले पावर सेक्टरमा नेपाल भारत र बंगलादेशको बीचमा सहकार्य हुनुपर्नेमा जोड दिएकी थिइन् ।  

‘उर्जा क्षेत्रमा तपाईंहरु सहकार्य गर्न तयार हुनुभयो भने हामी भारतलाई पनि सहयोगका लागि आग्रह गर्छौं, हाम्रो देशको प्रधानमन्त्रीको भारत भ्रमणमा समेत पावरको क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारतले सहयोग गर्ने भन्ने सहमति भएको छ ।’ राजदूत साम्सले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप