सिरियामा नौ जना टर्कीस् सैनिक मारिए, १३ घाइते
सिरिया । उत्तरपश्चिमी सिरियाको आफ्रिन प्रान्तमा नौ जना सैनिक मारिएका छन् भने अरु १३ जना घाइते भएका छन् ।
उक्त क्षेत्रमा सोमबार बिहान भएको एक झडपमा परी नौ जना टर्कीस् सैनिक मारिएका बताइएको छ । टर्कीको सैनिक स्रोतले बिहीबार सो जानकारी दिएको समाचारमा उल्लेख छ ।
सो क्षेत्रमा त्यहाँका स्थानीय विद्रोही र टर्कीस् सैनिकबीच भीडन्त भएको थियो । यस झडपको विस्तृत समाचार प्राप्त भएको छैन ।
टर्कीको सेनाले प्रकाशन गरेको विज्ञप्तिअनुसार टर्कीस् सेनाको ‘ओपसन ओलिभ ब्रान्च’ले सिरियाको आफ्रिनमा सुरु गरेको कारबाहीको क्रममा ज्यान गुमाउने सैनिकको संख्या ५० पुगेको बताइएको छ ।
सो क्षेत्रमा केही दिनयतादेखि टर्कीको सेनाले हवाई कारबाही पनि गर्ने गरेको समाचारमा जनाइएको छ । सिरियमा गत शनिबार अमेरिकी नेतृत्वमा फ्रान्स र बेलायती सेनाले पनि आक्रमण गरेको थियो ।
तर सो आक्रमण कतै लक्षित नभई सिरियाली सैनिकले भण्डारण गरेको भनिएको रासायनिक हतियारको भण्डारणस्थलमा केन्द्रित भएको अमेरिकी अधिकारीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा